डायस्पोरा नेपाली संस्था -युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन(यूएनडीओ)को महाधिवेशन सम्पन्न:सभापतिमा सोनाम लामा

इनेप्लिज २०८१ पुष १४ गते १७:३६ मा प्रकाशित

डायस्पोरा नेपालीहरुको नयाँ संस्था United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन(यूएनडीओ)ले स्थापना भएको करिव डेढ बर्षपछि पहिलो अन्तराष्ट्रिय महाधिवेशन यहि डिसेम्बर २८ र २९ मा काठमाण्डौमा सम्पन्न गरेको छ।

महाधिवेशनले सोनाम लामाको सभापतित्वमा आगामी तीन बर्षको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ। २९ सदस्य कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रिय सदस्य मनोनित गरिनेछन। साथमा खाली रहेका पदमा पनि नयाँ नेतृत्वले मनोनित गर्नेछ।

निर्वाचित कार्यसमितिमा क्रमस अमेरिकाका सोनम लामा सभापतिमा निर्वाचित भएका छन् ।

त्यस्तै उपाध्यक्ष मध्य पूर्व र अफ्रिकाको लागि युएइका रिन्जी शेर्पा, एशिया उपाध्यक्षमा हङकङका यमकुमार (त्रिलोक) गुरुङ ,ओशिनिया,उपाध्यक्षमा भोमा लिम्बु अस्ट्रेलिया, युरोप उपाध्यक्षमा प्रेम बी गाहा मगर ,शशिचन्द्र अधिकारी उपाध्यक्ष अमेरिका ,अस्ट्रेलियाका कुशल के.सी महासचिव,कोरियाकी संगिता कार्की कुँवर सचिव ,उल्का प्रसाद घिमिरे बेल्जियम कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

यसै गरि आरसि एसियाको लागि कोरियाकी लक्ष्मी गुरुङ,आरसी ओशिनियाका लागि अस्ट्रेलियाका बिजय पौडेल उपाध्याय,बेल्जियमका पदम बहादुर गुरुङ आरसि युरोप र अमेरिकाको आरसीमा शशी सी अधिकारी निर्वाचित भएका छन् ।

त्यसै डिआरसीमा ओशिनिया क्षेत्रको लागि अस्ट्रेलियाका सुशान्त शर्मा निर्वाचित भएका छन् ।

कानुनका बिज्ञहरु समेतको परामर्श लिएर मार्च २०२२ मा काठमाण्डौमा गैरआवासीय नेपाली संघका अग्रज, वर्तमान रुपमा लागि परेका एनआरएनहरुको छलफलले यूएनडिओ नामको सँस्था स्थापना गर्नुपर्ने निष्कर्षमा पुगेर यो संस्था स्थापना गरेको थियो।

त्यसपछि दर्ता प्रक्रियाको लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा निवेदन दिंदा लामो समय लाग्यो। त्यसैले कानुनी रुपमा नेपालको सर्वोच्च अदालतमा अपिल गरिएको थियो।

जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ नामको सँस्था दर्ता स्वीकृत गर्नु भन्ने आदेश दिएको थियो।

सोही आदेश अनुसार नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट विदेशमा बस्ने नेपाली र नेपाली मुलका नेपाली संबन्धि ऐन अन्तर्गत नै यो संस्था दर्ता गरेको हो। तर गैरआवासीय नेपाली संघ एनआरएनए र युएनडिओबीच भने धेरै कुरा फरक छन्।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयको एनआरएन ऐन अन्तर्गत डायस्पोरा नेपालीहरु सदस्य र संलग्न हुनेगरी यो संस्था दर्ता भएको हो। संस्था गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष सोनाम लामाको संयोज्कत्वमा United Nepali Diaspora Organization (UNDO) सँस्थाको स्थापना गरिएको थियो।

यसमा वास्तविक गैरआवासीय नेपालीहरुको संलग्नता हुने बैधानिक ब्यबस्था छ। तर कानुनी रुपमा दुइ बर्ष भन्दा धेरै समय सार्क मुलुक बाहिर बसेका सबै नेपाली र नेपाली मुलका व्यक्तिहरु संस्थाको सदस्य बन्न पाउने छन्। नेपालको एनआरएन ऐनले एनआरएन को को हुन् भनेका वाक्यांस नै यहाँ लागु हुनेछ।

युएनडिओले नेपालको दिगो सामाजिक–आर्थिक विकासको परिणामको लागि अग्रणी पहलहरू गर्न प्रतिबद्ध रहेको छ। संस्थाले नीति निर्माताहरू, नेतृत्वप्रदायी क्षमता भएका व्यवसायीहरु र सरोकारवालाहरूसंग मिलेर काम गर्दछ। यसले सबै नेपालीहरूलाई फाइदा पुग्ने बिषयहरुको पहिचान गरी कार्यान्वयनमा ल्याउनेछ जसले भावी पुस्ताहरूका लागि प्रगतिको विरासत सिर्जना गर्नेछ।

बिधान अनुसार संस्थाको अन्तराष्ट्रिय महाधिवेशन हरेक ३/३ बर्षमा नेपालमा भौतिक रुपमा उपस्थित भएर हुन्छ।

यहि डिसेम्बर २८-२९ सम्म आयोजना गरिएको यो पहिलो महाधिवेशनले आगामी तीनबर्ष अर्थात २४-२७ सम्मको लागि नयाँ नेतृत्व समेत चयन गरेको हो। महाधिवेशनले अल्पकालीन र दिर्घकालिन योजना समेत पारित गरेको छ।

प्रतिक्रिया