युक्रेनमा क्रिसमसको दिन पनि रुसद्वारा ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार, ७८ वटा क्षेप्यास्त्र मध्ये ५९ वटा खसालेको दाबी

इनेप्लिज २०८१ पुष १० गते १२:१२ मा प्रकाशित

युक्रेनमा क्रिसमसको दिन पनि रुसले ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ । युक्रेनी सेनाका अनुसार ७८ वटा क्षेप्यास्त्र मध्ये ५९ वटा खसालेको छ।

रुसी आक्रमणपछि युक्रेनका अधिकांश क्षेत्रमा ब्ल्याकआउट अर्थात् अन्धकारमय भएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् ।

मंगलबार राती क्रिसमसको दिन बिहान युक्रेनमा राष्ट्रव्यापी रुपमा ऊर्जा पूर्वाधारमा रूसी मानव रहित यान (ड्रोन) र क्षेप्यास्त्र आक्रमण भएको छ । राजधानी किभमा ऊर्जा मन्त्रीले तत्काल विद्युत कटौतीको चेतावनी दिए।

राष्ट्रपति जेलेन्स्कीले टेलिग्राममा भने हरेक रुसी ठूलो आक्रमणले तयारी गर्न समय लिने बताए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जानीजानी आक्रमणको लागि क्रिसमस रोजेका हुन् । यो भन्दा अमानवीय के हुन सक्छ? प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक) सहित ७० भन्दा बढी क्षेप्यास्त्र र सय भन्दा बढी मानव रहित यानहरु हाम्रो ऊर्जा क्षेत्रलाई लक्षित बनाईएको छ । तिनीहरूले लडाइँ जारी राखेका छन् ,जेलेन्स्कीले भने ।

“प्रारम्भिक तथ्याङ्क अनुसार, हाम्रा रक्षकहरूले ५० भन्दा बढी क्षेप्यास्त्रहरू र मानव रहित यानहरु खसाल्न सफल भए,” जेलेन्स्कीले भने। “दुर्भाग्यवश, धेरै क्षेत्रहरूमा बिजुली आपूर्ति बन्द छ। ऊर्जा कर्मचारीहरू सकेसम्म चाँडो बिजुली आपूर्ति पुनर्स्थापित गर्न काम गरिरहेका छन्।

युक्रेनको वायुसेनाले रुसले देयुक्रेनक विभिन्न प्रकारका ७८ वटा क्षेप्यास्त्र प्रहार गरेको जसमध्ये ५९ वटा खसालेको बताएको छ । रुसले१०६ मानव रहित यान प्रक्षेपण गर्यो, जसमध्ये ५४ लाई गोली हानेर खसालेको थियो र ५२ उडानमा हराएको वायु सेनाले जनाएको छ ।

एउटा रुसी क्षेप्यास्त्रले मोल्डोभान र रोमानियाको हवाई क्षेत्र पार गरेको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया