अमेरिकाको विस्कॉन्सिनको बिधालयमा आक्रमण गर्ने १५ बर्षिय युवतीको क्यालिफोर्नियाको व्यक्तिसँग सम्पर्क भएको र उनि पक्राउ परेको सिविएसन्यूजले जनाएको छ ।
सिविएसन्यूजका अनुसार विस्कॉन्सिनको एक धार्मिक विद्यालयमा विद्यार्थी र शिक्षकको हत्या गर्ने बन्धुकधारी युवतीले विधालयमा दुई बन्दुक ल्याएकी थिइन।
क्यालिफोर्नियामा एक व्यक्तिसँग सम्पर्कमा रहेको अदालती कागजातमा उल्लेख गरिएको सिविएसन्यूजले बताएको छ ।
उनले सरकारी भवनमा आक्रमण गर्ने योजना बनाएको थिइन ।
अधिकारीहरू र अदालतका कागजातहरूका अनुसार बुधबार उनको योजना सार्वजनिक गरिएको थियो ।
म्याडिसनको एबन्डेन्ट लाइफ क्रिश्चियन विधालयमा १५ वर्षीय विद्यार्थीले आफूलाई गोली हान्न अघि सोमबार एक साथी विद्यार्थी र शिक्षकलाई किन गोली हानेर हत्या गरेकी थिईन।
दक्षिणी क्यालिफोर्नियाका न्यायाधिशले २० वर्षीय कार्ल्सब्याड व्यक्तिको विरुद्धमा रोक लगाउने आदेश जारी गरेका छन्।
कार्ल्सब्याड सान डिएगोको उत्तरमा म्याडिसनको एबन्डन्ट लाइफ क्रिश्चियन विधालयमा भएको गोलीकाण्डको सम्बन्धमा २० वर्षीय क्यालिफोर्नियाका व्यक्तिलाई पक्राउ गरिएको छ ।
कार्ल्सबाडका अलेक्ज्याण्डर प्याफेन्डोर्फलाई गोली हान्ने षड्यन्त्रमा सहयोग गरेकोमा सोधपुछ भइरहेको छ।
प्रतिक्रिया