मस्को विस्फोटमा रूसी रासायनिक हतियार सैनिक प्रमुखको मृत्यु भएको एबिसीन्यूजले जनाएको छ ।
टासको अनुसार विस्फोटक उपकरण दूरी नियन्त्रणद्वारा गरिएको हुन सक्ने जनाएको छ ।
मस्कोको एक आवासीय छिमेकमा बम विष्फोटमा एक वरिष्ठ रुसी जनरलको मृत्यु भएको छ।
लेफ्टिनेन्ट जनरल (रथी )इगोर किरिलोभलाई अडान गरिएर राखिएको दुई पाङ्ग्रे भटभटे (स्कुटर)मा लुकाएर दूरी नियण्त्रणबाट
उडाइएको विष्फोटक पदार्थले मारिएको टासले जनाएको छ ।
विस्फोटमा उनको साथमा रहेका एक सहयोगीको पनि मृत्यु भएको थियो ।
किरिलोभ रूसको विकिरण, रासायनिक र जैविक संरक्षण सेनाका प्रमुख थिए। उनि युक्रेनद्वारा मारिएका सबैभन्दा वरिष्ठ रूसी सैन्य अधिकारी हुन्।
प्रतिक्रिया