हमास र इजरायल गाजा बन्धक-युद्धविराम सम्झौता बारे गम्भीर रुपमा छलफलमा व्यस्त भएको सिएनएनले जनाएको छ।
हमास र इजरायल गाजामा बन्धक र युद्धविराम सम्झौताको बारेमा गम्भीर रुपमा कुराकानी गरिरहेको यस विषयमा परिचित कूटनीतिक स्रोतले सीएनएनलाई बताएका छन्।
दुवै पक्षले गम्भीरता र विश्वासका साथ वार्ता गरिरहेका छन् । हमासका वार्ताकारहरू कतारको राजधानी दोहामा फर्किएका छन्।
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पका मध्यपूर्व राजदूत स्टिभ विटकफले नोभेम्बर २२ मा कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानी र त्यसको भोलिपल्ट इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेट गरेपछि युद्धविरामको लागि पछिल्लो प्रयास आएको स्रोतले जनाएको सिएनएनले आफ्नो समाचारमा जनाएको छ ।
त्यसपछि अल थानीले मोसाद प्रमुख डेभिड बर्नियालाई नोभेम्बर २४ मा दोहामा र बुधबार फेरि भेटेको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया