क्यालिफोर्नियाको हर्कुलिसबाट नगर परिसद सदस्यमा बिजयी भट्टराईले लिए सपथ ग्रहण,२०२८ मा उनि स्वत नगर प्रमुख हुने

इनेप्लिज २०८१ मंसिर २७ गते १:०९ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको हर्कुलिस शहरका वर्तमान योजना आयुक्त डिल्ली भट्टराई हर्कुलिस शहरका लागि नगर परिषदमा बिजयी भएका भट्टराईले गत डिसेम्बर १० मंगलबारका दिन सपथ ग्रहण लिए ।

उनि सन् २०२५-२०२६ का लागि नगर परिषद सदस्य (काउन्सिल मेम्बर), २०२७ मा उप नगर प्रमुख( उप मेयर) र २०२८ का लागि नगर प्रमुख( मेयर)को रुपमा सेबारत रहने गरि सपथ ग्रहण सम्पन्न भएको छ।

यसरी नगर प्रमुख बन्ने उनि अमेरिकी इतिहासमा उनि पहिलो नेपाली मूलका नगर प्रमुख हुने भएका छन् । नोभेम्बर ५ मा सम्पन्न आम निर्वाचनमा शानदार रुपमा निर्वाचित भट्टराई, चार बर्षे कार्यकालका मध्ये सन् २०२५-२०२६,नगर परिषद सदस्य ( काउन्सिल मेम्बर), २०२७ मा उप नगर प्रमुख (डेपुटी मेयर), र २०२८ का लागि नगर प्रमुख (मेयर)को रुपमा सेबारत रहने गरि मँगलबार साँझ हर्कुलस शहरको सभाकक्षमा बिशेष समारोहमा सपथ ग्रहण सँपन्न भएको छ।

यस सँगै अब उनलाई क्यालिफोर्निया राज्यस्तरका माथिल्ला जिम्मेवारीका लागि पनि ढोका खोलिएसँगै डेमोक्र्याटिक दल र स्थानिय तहमा उनको लोकप्रियता र बलियो पकडले भावि निर्वाचनमा क्यालिफोर्निया राज्यसभासदका बलियो उम्मेदवारका रुपमा हेरिन थालिएको स्थानिय राजनितिक बिश्लेषकहरुको छ।

गत नोभेम्बर ५ का दिन अमेरिकी आमनिर्वाचनमा ४ जना उम्मेदवार मध्ये उनि दोश्रो स्थानमा पर्न सफल भएका थिए ।

स्मरण रहोस ,उनि उम्मेदवार हुँदा उनलाई उक्त नगरका पाँच जना नगर प्रमुख तथा उप प्रमुख सहित सबै नगर परिसद सदस्यहरुले अनुमोदन गरेका थिए । उक्त नगरका पूर्व प्रभावशाली नगर प्रमुखहरुको समेत साथ र समर्थन समेत उनलाई रहेको थियो ।

उनि क्यालिफोर्निया राज्यमा लामो समय देखि बस्दै आएका नेपाली मूलका सक्रिय र बिभिन्न संघ/संस्थामा आबद्ध सामाजिक अभियन्ता हुन् ।

प्रतिक्रिया