युनाइटेड हेल्थकेयरका प्रमुखलाई हत्या गर्ने लुइगी माङ्गिओन सुपुर्दगी सुनुवाईको लागि अदालत जाँदा बाटोमा भड्किए,उनको जमानत अस्विकार

इनेप्लिज २०८१ मंसिर २५ गते २३:४३ मा प्रकाशित

युनाइटेड हेल्थकेयरका प्रमुख कार्यकारी अधिकारी (सिइओ) ब्रायन थम्पसनलाई न्यूयोर्कमा गोली हानी हत्या गर्ने मेरिल्याण्डका लुइगी माङ्गिओन सुपुर्दगी सुनुवाईको लागि अदालत जाँदा बाटोमा भड्किएका छन् ।

उनलाई पेन्सेलभेनिया अदालतमा लैजाने क्रममा उनि आक्रोस भएका हुन् ।

गत हप्ता न्यूयोर्क शहरमा थम्पसनको हत्याका संदिग्ध माङ्गिओन डिसेम्बर १० मंगलबारका दिन दिउँसो हत्याको आरोपमा सुपुर्दगी सुनुवाइको सामना गरे ।

म्यांगियोनलाई जमानत अस्वीकार गरियो तर न्यूयोर्कमा सुपुर्दगी गरिने छ । पेन्सल्भेनियासँग सुपुर्दगीका लागि गभर्नर क्याथी होचुलबाट पक्राउ पूर्जी (वारेन्ट) प्राप्त गर्न अब ३० दिनको समय भएको सिबिएसन्यूजले जनाएको छ । माङ्गिओनलाई हन्टिङडन काउन्टीको राज्य सुधारात्मक संस्था हन्टिङडनमा पुर्पक्षमा राखिएको छ ।

हामी अहिले न्यु योर्क राज्यबाट गभर्नरको पक्राउ पूर्जी सुरक्षित गर्ने प्रक्रियामा छौं , ब्लेयर काउन्टीका जिल्ला न्यायधिवक्ता पिटर वीक्सले भने ।

न्यूयोर्कमा सुपुर्दगी प्रक्रिया अब ३० दिन लाग्न सक्ने अधिकारीहरूले बताएका छन्।

सिबिएसन्यूजका अनुसार म्याङ्गिओन अदालतको कोठामा ब्याकुल भएको देखिएनन । उनि न्यायाधिशपर्खाइमा थिए र उनले पत्रकारहरूको पङ्क्तिमा वरिपरि हेरे र कोठामा मानिसहरूको संख्याको गणना गरे । कहिलेकाहीँ उनी मुस्कुराए र उनले आफ्नै बचाव पक्षका वकिललाई पनि अवरोध गरे।

अदालतमा प्रवेश गर्नु अघि चिच्याइरहेको श्रब्यदृश्यमा देखिन्छ । न्यूयोर्कको म्यानह्याटनको गोली काण्ड स्थलबाट करिब ३०० माईल टाढा रहेको अल्टोनाको म्याकडोनाल्डमा उनलाई देखेपछि गोली हानेको पाँच दिनपछि पक्राउ गरिएको थियो। उनि त्यहाँ एक्लै बसेका थिए ।

उनीसँग त्यहाँ पनि मुखौटा (मास्क) र टाउको छोप्ने वस्त्र र पछाडी भिर्ने झोला थियो।

प्रतिक्रिया