इजरायलद्वारा असदको पतन पछि सिरियामा ३१० वटा हवाई आक्रमण

इनेप्लिज २०८१ मंसिर २५ गते १२:०४ मा प्रकाशित

इजरायलले असदको पतन पछि सिरियामा ३१० वटा हवाई आक्रमण गरेको छ ।

बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स वाचडग( मानव अधिकार निरीक्षण सुरक्षा निकाय)ले मङ्गलबार पूर्व राष्ट्रपति बसर असदको शासनको पतन भएदेखि इजरायलले सिरियामा करिब ३१० हवाई आक्रमण गरेको जनाएको छ।

एसओएचआरका अनुसार इजरायली हमलाहरू पूर्वमा देइर एज जोरदेखि पश्चिममा तटीय प्रान्त लाटाकियासम्म भएको बताएको छ । साथै इजरायली आक्रमणले राजधानी डमास्कस, अलेप्पो, हामा, होम्स र दारा लगायतका प्रमुख शहरहरूमा निशाना बनाएको एसओएचआरले जनाएको छ।

इजरायली विदेश मन्त्री गिडोन सारले सोमबार इजरायली सेनाले अतिवादी तत्वहरूको हातमा पर्न नदिन सिरिया भित्र रणनीतिक हतियार ,अवशिष्ट रासायनिक हतियार क्षमता, क्षेप्यास्त्र र लामो दूरीको प्रक्षेपास्त्रहरूमा आक्रमण गरेको पुष्टि गरेको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया