युनाइटेड हेल्थकेयरका प्रमुख ब्रायन थम्पसनको हत्यामा संदिग्ध लुइगी म्यान्गिओन बिरुद्ध ५ वटा अभियोग

इनेप्लिज २०८१ मंसिर २५ गते १:१२ मा प्रकाशित

युनाइटेड हेल्थकेयरका प्रमुख ब्रायन थम्पसनको हत्यामा संदिग्ध लुइगी म्यान्गिओन बिरुद्ध ५ वटा अभियोग लगाईएको छ । आज उनि पेन्सिलभेनियाको अदालतमा उपस्थित भए । न्यायधिशले उनलाई जमानत बिना नै हिरासतमा राख्न आदेश दिए ।

उनी विरुद्ध पाँचवटा अभियोगहरू छन्, जसमा एउटा किर्तेको अपराध र एक अनुमति बिनाको बन्दुक बोकेको अपराध गणना सहित अभियोग लगाईएको छ।

सिएनएनका अनुसार उनि सँग ८,००० डलर भेटिएको थियो । उनले पहिलो दाबीमा आफूसँग भएको पैसा कहाँबाट आयो भन्ने थाहा नभएको बताएका थिए । दोस्रो दाबीमा, उनले झोला वाटरप्रुफ (पानी नछिर्ने )भएको र आपराधिक छल कपट बारे आफूलाई थाहा नभएको बताए । उनी डिसेम्बर २३ मा अदालतमा उपस्थिति हुनेछन ।

संदिग्धले उनि बिरुद्ध लगाईएको अभियोगलाई कसैले त्यो भन्दा पहिले नसुनेको भने पछि न्यायाधीशले सम्पूर्ण आपराधिक उजुरी म्यान्गिओन लाई ठूलो स्वरमा पढेर सुनाएका थिए ।

प्रतिक्रिया