युनाइटेड हेल्थ केयरका प्रमुखको हत्या गर्ने व्यक्ति  पेन्सिलभेनियाको म्याकडोनाल्डसमा पक्राउ , नाम सार्वजनिक

इनेप्लिज २०८१ मंसिर २४ गते १९:४० मा प्रकाशित

युनाइटेड हेल्थ केयरका प्रमुखको हत्यामा सॅलग्न एक व्यक्तिलाई  पेन्सिलभेनियामा पक्राउ गरिएको सिविएसन्यूजले जनाएको छ । 

  न्यूयोर्क शहरमा युनाइटेड हेल्थ केयरका प्रमुख ब्रायन थम्पसनको हत्या गरेका सॅदिग्धको नाम सार्वजनिक गरिएको छ ।

न्यूयोर्क प्रहरी बिभागले  सॅदिग्ध २६ बर्षिय लुइगी म्यान्गीओन  भएको बताएको छ ।

स्थानीय म्याकडोनाल्ड्सका एक कर्मचारीले शंकास्पद देखेर प्रहरीलाई बोलाएपछि उक्त व्यक्तिलाई पेन्सिलभेनियाको अल्टोना नजिकै हिरासतमा राखिएको न्यूयोर्क प्रहरी विभागले जनाएको छ।

सोधपुछ गरिएका व्यक्तिसँग आवाज नआउने सहितको बन्दुक र नक्कली न्यू जर्सी चालक अनुमति पत्र ( ड्राइभर लाइसेन्स) रहेको बिभागले जनाएको छ।

प्रतिक्रिया