क्यालिफोर्नियाको विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा २ बालबालिकाको अवस्था गम्भीर , एक संदिग्ध घटनास्थलमा मृत फेला

इनेप्लिज २०८१ मंसिर २० गते १२:११ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको एक विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा २ बालबालिकाको अवस्था गम्भीर रहेको एबिसीन्यूजले जनाएको छ ।

साक्रामेन्टोको उत्तरमा एउटा विद्यालयमा भएको गोलीकाण्डमा घाइते भएका दुई शिशुशाला (किन्डरगार्टन)का विद्यार्थीहरू अत्यन्तै गम्भीर अवस्थामा रहेको प्रहरी अधिकारीहरूले गत बुधबार बताए ।

ओरोभिल शहरको फेदर रिभर एडभेन्टिस्ट बिद्यालय मा बन्दुकधारीले गोली चलाएको घन्टापछि बट काउन्टी शेरिफ कोरी होनियाले साँझको पत्रकार सम्मेलनमा ५ र ६ वर्षका ती बालकहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताए।

“म आभारी छु कि तिनीहरू अझै जीवित छन्,” होनियाले भने । एक संदिग्ध घटनास्थलमा मृत फेला परेको र उनले आफैंले गोली हानेको जस्तो देखिन्छ, होनियाले भने । ती व्यक्तिको पहिचान भइसकेको छ तर एफबीआईको सहयोगमा भइरहेको अनुसन्धानका कारण तुरुन्तै नाम बताउन नसकिने बताए ।

अघिल्लो दिनमा संदिग्ध बिद्यालय प्रशासकसँगको बैठकमा भाग लिएको शेरिफले भने। बुधबार दिउँसो १:०८ पछि अधिकारीहरूले सूचना प्राप्त गरेका थिए। स्कूल के -८ हो भने त्यहाँ कूल ३५ जनाविद्यार्थी भर्ना भएका छन् ।

एक राज्य राजमार्ग गस्ती अधिकारी दुई मिनेट भित्र, विद्यालयमा आइपुगेका थिए । जहाँ संदिग्धको शव नजिकै एउटा बन्दुक फेला पारिएको थियो ।

प्रतिक्रिया