फ्लोरिडाकी एक युवतीलाई आफ्नो प्रेमीलाई सुटकेस(बाकस)मा राखी हत्या गरेकोमा आजीवन कारागार सजाय सुनाइएको छ ।
उनले आफ्नो प्रेमीलाई सुटकेसमा घण्टौंसम्म बलियो थैलीमाबन्द गरेर मृत्यु नहुँदा सम्म राखेको हुनाले उनलाई दोश्रो श्रेणीको हत्याको अभियोग सहित आजीवन कारागार सजाय सुनाईएको हो ।
उनलाई गत सोमबार अर्थात् डिसेम्बर २ का दिन आजीवन कारावासको सजाय सुनाइयो ।
४७ वर्षीया सारा बुनलाई अक्टोबरमा दोस्रो दर्जाको हत्यामा दोषी ठहर गरिएको थियो। अभियोजकहरूका अनुसार उनले आफ्नो प्रेमी, जोर्ज टोरेस जूनियरलाई बाकस (सुटकेस)मा चेन लगाएर बन्द गरिन । उनलाई रातभरि निसास्सिएर मर्न छोड्नु अघि आफैंले उनलाई जिस्काउदै गिल्ला गरेको श्रब्यदृश्य समेत खिचेकी थिइन् ।
प्रतिक्रिया