निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प शनिवार पेरिसको नोट्रे डाम मुख्य गिर्जाघर पुन: उद्घाटन समारोहमा सहभागी हुन् फ्रान्सको यात्रा गर्ने भएका छन् ।
ट्रम्पले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले नोट्रे डाम पुर्नस्थापित गरेको भन्दै उनले अद्भुत काम गरेको प्रशंसा गरे । ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमा यो सबैको लागि धेरै विशेष दिन हुने बताएका छन् ।
पाँच वर्षअघि विनाशकारी आगलागीपछि पूर्णरूपमा पुनर्स्थापना गरिएको भव्य र ऐतिहासिक नोट्रे डाम क्याथेड्रल(मुख्य गिर्जाघर)को पुन: उद्घाटनमा सहभागी हुन शनिबार पेरिस फ्रान्सको यात्रा गर्दैछु भन्ने घोषणा गर्न पाउँदा सम्मानित भएको उनले जनाएका छन् ।
प्रतिक्रिया