टोरोन्टो, क्यानेडियन मल्टीकल्चरल काउन्सिल द्वारा हालै आयोजित “एशियन फूड एण्ड कल्चरल फेस्टिभल”मा नेपाली समुदायलाई दोश्रो स्थान प्राप्त भएको छ। टोरोन्टो स्थित चाइनीज कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्नु हुदै आयोजक संस्थाका अध्यक्ष डा. तुल्सी धरेलले यो कार्यक्रमले क्यानडाको बहुसास्कृतिक ईण्द्रेणीलाई अझ बढि सशक्त बनाउन मदत पुग्ने बिस्वास ब्यक्त गर्नु भयो। साथै उहाँले कार्यक्रममा बिभिन्न मुलुकको सक्रिय सहभागिता प्रति पनि खुसी ब्यक्त गर्नु भयो।
कार्यक्रममा संघिय सांसद माननिय शन चेनले शुभकामना सन्देश हस्तान्तरण गर्नु हुदै क्यानडाको सुन्दरता र बिशेषतानै बिबिधता भएको बताउदै यस्तो कार्यक्रम आयोजना गरेकोमा आभार ब्यक्त गर्नु भयो। सो कार्यक्रममा बिभिन्न महानुभाबहरुले कार्यक्रमको महत्व बारे प्रकाश पार्नु भएको थियो ।
बिभिन्न नेपाली संघ संस्थाहरुका पदाधिकारीहरुको सहभागिता रहेको सो कार्यक्रममा नेपाल लगायत ताइवान, फिलिपिन्स, भियतनाम, बर्मा, ईण्डोनेसिया, श्रीलंका, जापान,कोरिया , मलेसिया, चीन लागायतका मुलुकहरुले आफ्नो परम्परागत एबम मौलिक परिकारहरु पस्कनुको साथै आआफ्नो परम्परागत नृत्य्, गीत, संगीत एबंभेषभुषामा झाँकि प्रस्तुत गरेका थिए । सो प्रदर्शनमा सहभागि मुलुकहरु मध्य नेपाली समुदायलाई दोश्रो स्थान प्राप्त भएको थियो। कार्यक्रममा बिजयी मुलुकहरुलाई आयोजक संस्थाका अध्य्क्ष डा. तुल्सी धरेलले पुरस्कार प्रदान गर्नु भएको थियो।
कार्यक्रममा नेपाली समुदायको तर्फबाट क्यानेडियन नेवाः गुठिले प्रतिनिधित्व गरेका थिए भने गुठिले आफ्नो परिकारमा बोडी साँधेको तथा नेवाः स्वाद्को जेरी पस्कनुको साथै परम्परागत धिमे बाजा प्रस्तुत गरेका थिए। धिमे बाजाको प्रस्तुतिको बेला सहभागी महानुभाबहरुले पनि नाचेर साथ दिएका थिए। हाकु पतासी चोलोमा कलात्मक न्यापु सिखः( पाँचवटा सिक्री भएको कपालमा लाउने नेवाः गहना) चाँदि र मुगाको माला लगाएर बिशाल राष्ट्रिय झण्डा बोकेका नेवाः महिलाहरु कार्यक्रमको आकर्षण भएको थियो।
कार्यक्रममा सहभागिहरुले एउटै स्थलमा बिभिन्न मुलुकका परिकारको रस स्वादनको साथै संस्कृति र भेषभुषाको अनुभब गर्न पाएकोमा आयोजक संस्था प्रति धन्यबाद ब्यक्त गरेका थिए भने युबा बर्गको सहभागिताले तिनीहरुमा एशियाली संस्कृतिको बिबिधता बारे जान्ने मौका यो कार्यक्रमले प्रदान गरेको बिस्वास ब्यक्त गरे।
प्रतिक्रिया