कर महसुलको धम्की पछि ट्रम्पद्वारा अमेरिकी व्यापार प्रतिनिधिको रुपमा जेमिसन ग्रीरलाई नियुक्त 

इनेप्लिज २०८१ मंसिर १२ गते १५:०९ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको, चीन र क्यानडामा २५ प्रतिशत सम्म कर महसुल लगाउने धम्की दिए पछि ट्रम्पले अमेरिकी व्यापार प्रतिनिधिको रुपमा जेमिसन ग्रीरलाई नियुक्त गरेका छन्।

ट्रम्पले गत मङ्गलबार आफ्नो अमेरिकी व्यापार प्रतिनिधिको रूपमा अन्तर्राष्ट्रिय व्यापार अधिवक्ता जेमिसन ग्रीर, ह्वाइट हाउस राष्ट्रिय आर्थिक परिषद्को निर्देशकका रूपमा केभिन ह्यासेट र घरेलु नीति परिषद्को निर्देशकको रूपमा भिन्स हेलीलाई नियुक्त गर्दै  नाम घोषणा गरेका छन्।

ग्रीरको मनोनयन घोषणा गर्दा ट्रम्पले एक विज्ञप्तिमा ग्रीरले आफ्नो पहिलो कार्यकालमा चीन र अन्यमाथि कर लगाउने र क्यानाडा र मेक्सिकोसँगको व्यापार सम्झौतालाई प्रतिस्थापन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए भनि वर्णन गरेका छन्।

ग्रीरले यसअघि ट्रम्पका पूर्व व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरको प्रमुखको रूपमा काम गरेका थिए । 

ग्रीट हाल वाशिंगटनको किंग एन्ड स्पाल्डिङ कानुन व्यवसाय प्रतिष्ठानसॅग साझेदार रहेका छन्।

प्रतिक्रिया