अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली शहरमा एकल सवारी साधन दूर्घटना हुँदा निधन भएका २ जना नेपाली युवक मध्ये एकको नाम सुरेश केसी भएको पुष्टी भएको छ । दुर्घटना भए पछि उनका आफन्त र साथीभाईहरुले सामाजिक संजाल मार्फत समवेदना दिन थालेका छन् ।
कसैले भान्जा ,कसैले साथी भन्दै सामाजिक संजाल (फेसबुक)मा समवेदना राखेका छन् । र यो क्रम जारी रहेको छ ।
उक्त दुर्घटना पछि भर्जिनिया अल्डी शहरमा बसोबास गर्ने ३० बर्षिय विजय तामाङलाई ज्यान मार्ने उद्योग मुद्दा लगाईएको छ ।
लाउडन काउन्टी शेरिफको कार्यालयले चालकको नाम गत नोभेम्बर २२ का दिन साँझ पख सार्वजनिक गरेको हो । शेरिफको कार्यालयले मादक पदार्थ सेवन गरि गाडी कुदाउने चालक भर्जिनिया अल्डी शहरका ३० बर्षिय विजय तामाङ भएको जनाएको छ ।
३० वर्षीय तामाङलाई अनैच्छिक हत्या गरेको अभियोग लगाइएको शेरिफको कार्यालयले जनाएको छ । अन्वेषकहरूले दुर्घटनाको कारण मादक पदार्थ सेवन गरेको विश्वास गरेका छन् भने थप आरोपहरू विचाराधीनमा समेत रहेको जनाएका छन् ।
भर्जिनियाको स्यानटिलीमा नोभेम्बर २२ शुक्रबारका दिन बिहान तामाङ्गले चलाएको फोर्ड मस्टाङले रुखलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएका अधिकारीहरूले बताएका छन्।
मस्टाङका चालक तामाङ्गले लाउडन काउन्टी पार्कवे तथा टल सिडार्स पार्कवे नामक सडकको छेउमा रहेको डलस अन्तर्राष्ट्रिय विमानस्थलको ठीक दक्षिणमा र पूर्वतर्फ जाँदै गर्दा बिहान करिब १२:३० बजे दुर्घटना भएको थियो ।
सन् २०२३ मा निर्मित मस्टाङ गाडी सडक मुनि गै रूखमा ठोक्किएको थियो । दुर्घटना हुँदा तामाङ्गको एक मात्र कार (सवारी साधन )संलग्न थियो। यात्रु रहेका दुई जनाको मृत्यु भएको शेरिफको कार्यालयले जनाएको छ । उनीहरुको परिचय अझै खुलाइएको छैन । तर सामाजिक संजाल मार्फत उनि सुरेश केसी भएको पुष्टि भएको छ ।
तामाङलाई अधिकारीहरूले कारागार पुर्याउनु अघि अस्पताल लागेका थिए । प्रहरीले अनुसन्धान गर्दा टल सेडार्स पार्कवे (मार्ग )करिव ७.५ घण्टा बन्द गरिएको थियो । तामाङलाई बिना धरौटी कारागारमा राखिएको छ ।
चारै जना वयस्क पुरुष भएको पुष्टि : लाउडन काउन्टी शेरिफ कार्यलयले अघिल्लो समाचारमा तीन यात्रुहरू दुई पुरुष र एक महिलाको रूपमा पहिचान गरेको जनाएको थियो तर पछि चालक सहित अन्य तीन यात्रीहरु पनि पुरुष नै भएको भन्दै सच्याइएको बताएको छ ।
तस्बिर :सामाजिक संजाल , अर्का मृतकको नाम अधिकारिक रुपमा आए पछि इनेप्लिजमा अध्यावधिक गरिने छ ।
सामाजिक संजालमा आफन्त र साथीभाईले यस्तो लेखेका छन् :
K.Č. Hãřï is feeling sad with महेन्द्र बटाला and 4 othersat आठबिसकोट राडिबजार पश्चिम रुकुम.
हे भगवान के सुन्नु पर्यो भान्ज!!💚😪😪
आयो टप्प टिपेर लग्यो टारेर टर्दैन त्यो मिति पुग्यो उडाइ लग्यो सारेर सर्दैन त्यो
लाखौं सपना बोकेर अमेरिका पुगेका प्रीय भानSuresh KC KC सदाको लागि अस्ताएछौं अल्पायुमा भएको दु:खद निधन प्रती गहिरो समवेदना !!परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस !!
मामा बाहेक किन्नु पर्छ पैसा हाल्दिन्छु मामा बैशाख मा भन्थेउ 2/4दिन अघि तेहि कुरा नै अन्तिम भयो हाम्रो हे भगवन !!
तिलक जङ्ग क्षेत्री is feeling sad with Hari Bahadur Kc and
12 others
at आठविसकोट नगरपालिका रुकुम. · Follow
आयो टप्प टिपेर लग्यो टारेर टर्दैन त्यो,
मिति पुग्यो उडाइ लग्यो सारेर सर्दैन त्यो,,
लाखौं सपना बोकेर हाल अमेरिकामा बस्दै गर्नुभएका आ.न.पा. ७ दाजे औलीगाउँ रुकुम (पश्चिम्) स्थानी घर भएका प्रीय मान्छे (Suresh KC) कार दुर्घटनामा परि सदाको लागि अस्ताएको खबरले अत्यन्तै दु:खी बनाएको छ😭😭। यस अल्पायुमा भएको दु:खद निधन प्रती गहिरो समवेदना! साथै परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस !!
Rajendra Budha is with Suresh KC. · Follow
7h ·
हे भगवान के सुन्नु पर्यो साथि!!💚😪😪
लाखौं सपना बोकेर अमेरिका पुगेका प्रीय साथि Suresh KC सधै को लागि तेतै अस्ताए अल्पायुमा भएको दु:खद निधन प्रती गहिरो समवेदना !!परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस
समिभ जुङ्ग क्षेत्री is feeling sad with Suresh KC at आठबिसकोट राडिबजार पश्चिम रुकुम.
4h ·
हे भगवान के सुन्नु पर्यो साथि!!💚😪😪
लाखौं सपना बोकेर अमेरिका पुगेका प्रीय साथि Suresh KC सधै को लागि तेतै अस्ताए अल्पायुमा भएको दु:खद निधन प्रती गहिरो समवेदना !!परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस !!
त्यो हाम्रो भेट अन्तिम दिन भयो साथि😢😢😢
हास्दै खेल्दै रमाउदै स्कुल गएको त्यो दिन आज समजिदा मलाई आखा बाट आसु आको छ । 😢😢
हार्दिक श्रद्धाञ्जली साथि 😢
तेजेन्द्र बटाला क्षेत्री is feeling sad. · Follow
23m ·
लाखौं सपना बोकेर अमेरिका पुगेका भाइ Suresh KC सधै को लागि तेतै अस्ताए अल्पायुमा भएको दु:खद निधन प्रती गहिरो समवेदना !!परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस 😥
सुनिल क्षेत्री is feeling sad with Suresh KC at हार्दिक श्रद्धाञ्जली.
6h · Kathmandu, Nepal ·
लाखौं सपना बोकेर केही महिना अगाडि मात्र अमेरिका पुगेका भाइ Suresh KC सदाको लागि अस्तायकाछौं । अल्पायुमै भएको दु:खद निधन प्रती गहिरो समवेदना परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस ।😭😭😭😭
Bharat Kumar Kc
5h ·
ठुलो सपना बोकेर अमेरिका पुगेका सुरेश गाडी दूर्घटनामा परि मृत्यु भएको छ हार्दिक श्रद्धाञ्जली Suresh KC
https://sheriff.loudoun.gov/CivicAlerts.aspx?AID=9475
https://www.fox5dc.com/news/2-dead-2-injured-loudoun-county-crash-driver-faces-manslaughter-charge
भर्जिनियामा मादक पदार्थ सेवन गरि गाडी कुदाउदा २ जना नेपाली युवाको ज्यान जाँदा नेपाली चालक विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा,चालकको नाम सार्वजनिक
प्रतिक्रिया