अमेरिकाको फ्लोरिडा राज्यको प्रतिनिधित्व गर्ने अमेरिकी सांसद म्याट गेट्जले यौन काण्डमा आफू विवादमा मुसिए पछि आफ्नो नाम फिर्ता लिएको केही समय निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पाम बोन्डीलाई महान्यायाधिवक्तामा मनोनित गरेका छन् ।
गेट्जले गत बिहीबार नाम फिर्ता लिए पछि ट्रम्पले बोन्डीलाई महान्यायाधिवक्ताको लागि आफ्नो नयाँ छनोटको रूपमा मनोनीत गरेका हुन् ।
बोन्डी फ्लोरिडाका पूर्व महान्यायाधिवक्ता हुन् । जसले २०११ देखि २०१९ सम्म सेवा गरिरहेकी थिइन् ।
“धेरै लामो समयदेखि, पक्षपातपूर्ण न्याय विभागलाई म र अन्य रिपब्लिकनहरू विरुद्ध हतियार बनाइएको छ , अब हुदैन । पामले अपराधसँग लड्न र अमेरिकालाई फेरि सुरक्षित बनाउने उद्देश्यमा न्याय बिभागलाई पुन: केन्द्रित गर्नेछिन् ,” ट्रम्पले एक विज्ञप्तिमा भने।
तर यो पदलाई सिनेटले अनुमोदन गर्नु पर्ने छ ।
बोन्डी वर्षौंदेखि ट्रम्प सँग नजिक रहेकी थिइन् । उनलाई कानुनी मामिलामा सल्लाह दिइ रहेकी छन् । उनी ती वकिलहरू मध्ये एक थिइन जसले ट्रम्पको पहिलो सिनेटमा महाभियोग परीक्षणको क्रममा उनको पक्षमा उभिएकी थिइन् ।
प्रतिक्रिया