रुसी आक्रमणको सम्भावनाको कारण युक्रेनमा रहेको अमेरिकी दूतावास अस्थायी रूपमा बन्द

इनेप्लिज २०८१ मंसिर ५ गते ११:३७ मा प्रकाशित

रुसी आक्रमणको सम्भावनाको कारण युक्रेनको राजधानी किभमा रहेको अमेरिकी दूतावास अस्थायी रूपमा बन्द गरिएको एबिसीन्यूजले जनाएको छ ।

कीभमा अमेरिकी दूतावासले ‘सम्भावित महत्त्वपूर्ण’ हवाई आक्रमणको चेतावनी दिएको छ । रुसले बाइडेन प्रशासनलाई युद्ध लम्ब्याउन खोजेको आरोप लगाएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रुसमा अमेरिकी निर्मित क्षेप्यास्त्र प्रहार गरे आणविक हतियार प्रयोग गर्ने धम्की दिएका थिए ।

कीभमा रहेको अमेरिकी दूतावासले बुधवार अस्थायी रूपमा आफ्नो ढोका बन्द गरेको छ । दुताबासले सम्भावित रूपमा “महत्त्वपूर्ण” हवाई हमला हुन सक्ने चेतावनी दिएको छ।

“अमेरिकी दूतावासले अमेरिकी नागरिकहरूलाई हवाई सतर्कता घोषणा भएको खण्डमा तुरुन्तै आश्रय लिन तयार रहन सुझाव दिन्छ,” दूतावासद्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ।

दूतावासले नोभेम्बर २० मा सम्भावित आक्रमणको बारेमा “विशिष्ट” जानकारी प्राप्त गरेको बताएको छ।

युक्रेनको सेनाले पहिलो पटक अमेरिकामा निर्मित लामो दूरीका एटीएसीएमएस क्षेप्यास्त्रहरू रूस भित्रका लक्ष्यतर्फ प्रक्षेपण गरेको एक दिनपछि युद्ध चर्कन सक्ने डरको बीचमा यो चेतावनी आएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले ती आक्रमणका लागि कीभलाई अनुमति दिएका थिए।

युक्रेनी वायुसेनाले दिएको जानकारी अनुसार बुधवार बिहान रुसले रातभरि कीभको राजधानी सहित युक्रेनको क्षेत्रहरूमा लगभग १२२ वटा मानवरहित यान ( ड्रोन)हरू प्रहार गरेको थियो। प्रक्षेपण गरिएका मानवरहित यान मध्ये मध्ये कम्तीमा ५६ वटा खसालिएको सेनाले जनाएको छ।

उत्तरपूर्वमा चेर्निहाइभ र सुमी क्षेत्रहरूसँगै दक्षिणपूर्वको डिनिप्रो क्षेत्रतर्फ पनि धेरै क्षेप्यास्त्रहरु प्रहार गरिएको थियो।

प्रतिक्रिया