अमेरिकाको पूर्वोत्तर राज्यहरुमा करिव ४ करोड ३० लाख ( ४३ मिलियन )मानिसहरु आगलागीको चेतावनी अन्तर्गत रहेका छन् । समग्र आगलागीको जोखिम उत्तरपूर्वको धेरै भागमा अर्को हप्तासम्म जारी रहने एबिसीन्यूजले जनाएको छ ।
लगभग ४३ मिलियन मानिसहरू ८ वटा राज्यहरूमा खतरा आगलागीको चेतावनी अन्तर्गत रहेका छन् । आगलागीको खतरा उत्तरपूर्वमा अझ उच्च रहेको छ ।
२० % सम्म कम सापेक्ष आर्द्रता र ४० माइल प्रति घण्टा सम्मको हावाको कारणले आगोको फैलावटलाई अझ तीब्र बनाउने छ ।
यस क्षेत्रमा आगामी केही दिन सम्म चाहिने जति वर्षा नहुने मौषम सेवाले जनाएको छ । यद्यपि त्यहाँ धेरै आवश्यक वर्षा अर्को हप्ताको बुधबार ढिलो देखि बिहीबारसम्म हुने सक्ने केही संकेतहरू रहेको छ ।
यस सप्ताहन्तको अन्त्य सम्म वर्षा र महत्त्वपूर्ण हिमपात समेत ल्याउने भविश्यवाणी गरिएको छ । अमेरिकाको वाशिंगटन राज्य देखि युटाह राज्य सम्म छ वटा राज्यहरूमा कम्तीमा १ देखि २ फिट हिउँ पर्न सक्ने छ ।
आइतबार अमेरिकाको दक्षिणी मैदानहरूमा हिमपात आँधी आउनेछ । र टेक्ससका केही भागहरूमा गम्भीर मौसमी सम्भावना ल्याउने छ । आइतबार र सोमबार दुवैमा हानिकारक हावा, ठूला असिना र आँधीबेरीको साथै ठूलो घुम्रपात आउने सम्भावना रहेको छ।
प्रतिक्रिया