अमेरिकामा आनुवंशिक वंशावलीको आधारमा १९७४ मा भएको हत्यामा ८४ वर्षीय वृद्ध पक्राउ

इनेप्लिज २०८१ कार्तिक २७ गते १२:२१ मा प्रकाशित

अमेरिका,मा आनुवंशिक वंशावलीको आधारमा १९७४ मा भएको हत्यामा ८४ वर्षीय वृद्धलाई पक्राउ गरिएको छ । एबिसीन्यूजका अनुसार मेरी स्लाइस मिनियापोलिसबाट शिकागोसम्म यात्रा गर्दै गर्दा उनी मारिएकी थिइन्।

अधिकारीहरुका अनुसार मेरी स्लाइसको संदिग्ध हत्यारा ८४ वर्षीय जोन मिलर नामक बृद्ध आनुवंशिक वंशावली मार्फत पहिचान गरिएको थियो।

आनुवंशिक वंशावली मार्फत अपराधसँग जोडिएपछि ५० वर्षअघिको पुरानो हत्याको आरोपमा ८४ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको अधिकारीहरूले सोमबार जानकारी दिए ।

फेब्रुअरी १५ ,१९७४ मा मेरी स्लाइसलाई मिनियापोलिसबाट ७५ माईल पूर्वमा डन काउन्टी, विस्कन्सिनको सडकमा छुरा प्रहार गरी हत्या गरिएको भेटिएको डन काउन्टी शेरिफको कार्यालयले बताएको छ ।

गत वर्ष, डन काउन्टी शेरिफको कार्यालयले न्यु जर्सीको रामापो कलेजसँग अनुसन्धानात्मक आनुवंशिक वंशावली प्रयोग गरेर मुद्दा समाधान गर्ने प्रयास गर्न साझेदारी गरे पछि यो नतिजा आएको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया