नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले द्रुतरुपमा आफ्नो कार्यकालको लागि पदाधिकारीहरुको घोषणा गर्ने क्रम जारी राखेका छन् । यसै क्रममा उनले न्यूयोर्कका पूर्व सांसद जेल्डिनलाई वातावरण संरक्षण एजेन्सीमा नियुक्त गरेका छन् ।
जेल्डिनलाई उनले वातावरण संरक्षण एजेन्सी (इपिए) नेतृत्व गर्न उनको नाम सिफारिस गरेका छन् ।
एनबिसी वाशिंगटनका अनुसार उनी कांग्रेसमा रिपब्लिकनहरू मध्ये थिए जसले २०२० को चुनावी नतिजा प्रमाणित गर्ने बिरूद्ध मतदान गरे। अमेरिकी कांग्रेसमा हुँदा उनले वातावरणीय नीतिको निरीक्षणका साथ समितिहरूमा काम गरेका छैनन् ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले सोमबार न्यूयोर्कका जेल्डिनलाई वातावरण संरक्षण एजेन्सीको नेतृत्व गर्न नाम सिफारिस गरेका हुन् । जेल्डिनले “ग्रहमा सबैभन्दा सफा हावा र पानी सहित उच्चतम वातावरणीय मापदण्डहरू पनि कायम राख्नेछन् ,” ट्रम्पले एक विज्ञप्तिमा भने ।
फक्सन्यूजसंगको अन्तर्वार्ता सोमबारको एक अन्तर्वार्तामा ४४ वर्षीय जेल्डिनले ऊर्जा प्रभुत्व कायम गर्न … सवारी साधन उद्योगमा अमेरिकी रोजगारी फिर्ता ल्याउन र अन्य धेरै कुराहरू सुनिश्चित गर्न खोज्ने बताए ।
ट्रम्पले लामो समयदेखि सल्लाहकार स्टेफन मिलरलाई नयाँ प्रशासनमा नीतिको उपप्रमुखको रूपमा चयन गरेका छन् । संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूतका लागि न्यूयोर्ककी सांसद एलिस स्टेफानिकलाई उनको मनोनयन गरे पछि यो घोषणा आएको हो।
प्रतिक्रिया