अमेरिकाको भर्जिनिया मनासस शहरमा नेपाली कलाकारहरुको सम्मानमा आयोजित एक बिशेष कार्यक्रममा भर्जिनियाका सिनेटर ड्यानिका रोमले नेपाली कलाकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान

इनेप्लिज २०८१ कार्तिक २६ गते १:३५ मा प्रकाशित

अमेरिकाको भर्जिनिया मनासस शहरमा नेपाली कलाकारहरुको सम्मानमा आयोजित एक बिशेष कार्यक्रममा भर्जिनियाका सिनेटर ड्यानिका रोमले नेपाली कलाकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेकी छन । नेपाली चलचित्र जगतका नायकहरु भुवन केसी, पुरन जोशी, नायिका रुपा राना, लोक तथा दोहोरी गायक एबम एभेन्युज खबर टेलिभिजनका अमेरिका सम्पादक राम प्रसाद खनाल, हाँस्य  कलाकारहरु नारायण त्रिपाठी, खेम शर्मा चतुरे, कलाकारहरु दिनेश कार्की, राहुल केसी, पुस्कर पन्त, बन्नी प्रधान, रिया केसी, गायिका अन्जना गुरुङ्ग, गीतकार अम्बिका गुरुङ्ग, साहित्यकार होमनाथ सुबेदीले सम्मान तथा पुरस्कार प्राप्त गरेका छन । कार्यक्रममा बोल्दै नायक भुवन केसी, रामप्रसाद खनाल लगायतका बक्ताले प्रबासमा हुने यस प्रकारका कार्यक्रमले नेपाली कला र सँस्कृती जगेर्नामा सहयोग पुग्ने बताए । कार्यक्रममा बिभिन्न नाच र गीतहरु प्रस्तुत गरिएको थियो । सिनेटर ड्यानिका रोमले आफुले अमेरिकामा नेपाली कलाकारहरुलाई सम्मान र पुरस्कार प्रदान गर्न पाउँदा खुशी लागेको बताइन । कार्यक्रम अनेसास डिसीले आयोजना गरेको थियो । पुस्कर पन्तले आयोजकका तर्फबाट सबैलाई स्वागत गर्नुभएको थियो ।  

प्रतिक्रिया