न्यूयोर्कमा लागेको डढेलोलाई निभाउने क्रममा निकुन्जमा कार्यरत १८ वर्षीय कर्मचारीको मृत्यु

इनेप्लिज २०८१ कार्तिक २६ गते ०:०० मा प्रकाशित

न्यूयोर्कमा लागेको डढेलोलाई निभाउने क्रममा निकुन्जमा कार्यरत १८ वर्षीय कर्मचारीको मृत्यु भएको छ ।

न्यूयोर्क राज्यका १८ वर्षीय कर्मचारीको ओरेन्ज काउन्टीको स्टर्लिङ वनमा लागेको डढेलोलाई निभाउने क्रममा उनको शनिबार मृत्यु भएको हो ।

न्यूयोर्क राज्य पार्क (निकुन्ज)मनोरञ्जन एवं ऐतिहासिक संरक्षण विभागका सहयोगी डारिएल भास्केजले डढेलोलाई कम गर्न मद्दत गरिरहेको समयमा उनको मृत्यु भएको राज्य प्रहरीले एक विज्ञप्तिमा जनाएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ओरेन्ज काउन्टीमा लागेको डढेलोमा प्रतिक्रिया दिँदै गर्दा हाम्रो न्यूयोर्क राज्य निकुन्जका कर्मचारीहरू मध्ये एकको मृत्युबाट म दुःखी छु,गभर्नर क्याथी होचुलले आइतवार एक विज्ञप्तिमा भनिन् ।

उत्तरपूर्वमा सुख्खा अवस्था कारण जंगली आगलागी जारी छ । जहाँ ११ मिलियन अर्थात् १ करोड १० लाख मानिसहरू आइतवार दिउँसो आगो सतर्कता अन्तर्गत छन्। आगो सतर्कता अन्तर्गतका शहरहरूमा बोस्टन र हार्टफोर्ड समेत रहेका छन् ।

राज्यका वन रक्षक (रेन्जर) जेरेमी ओल्ड्रोइडले आइतबार जानकारी दिए अनुसार न्यूयोर्कमा अक्टोबर १ देखि ६० वटा जङ्गलमा लागेको आगोले २,१०० एकड जमिन जलेको छ। ओरेन्ज काउन्टीमा धेरै आगो लागि रहेको छ ।

महानगरीय न्यूयोर्क शहर र तल्लो र माथिल्लो हडसन उपत्यका क्षेत्रहरूका लागि आइतबार वायु गुणस्तर स्वास्थ्य सल्लाह जारी गरिएको छ ।

प्रतिक्रिया