उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले दुवै पटक बिजयी हुँदा ल्याएको मत भन्दा ज्यादा मत ल्याउदा पनि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसंग पराजित हुनु परेको छ ।
ओबामाले सन् २००८ मा ६ करोड ९४ लाख ९८ हजार मत ल्याएका थिए भने सन् २०१२ मा ६ करोड ५९ लाख १५ हजार मत प्राप्त गरेका थिए । दुवै पटक ७ करोड मत प्राप्त नगर्दै बाजी मारेका थिए ।
तर सन् २०२४ मा कमला ह्यारिसले नोभेम्बर ९ शनिबार बिहान ७ बजे सम्म ७ करोड २ लाख ५६ हजार मत ल्याउदा पनि पराजय भोग्नु परेको छ । अर्थात् उनलाई नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै निर्वाचक मत (इलेक्टोरल भोट )तथा लोकप्रिय मत(पपुलर भोट )मा हराएका छन् । लगभग ९४ % मत गणना भै सक्दा सन् २०२० मा ल्याएको लगभग ७ करोड ४२ लाख लोकप्रिय मत प्राप्त नजिक पुग्न सफल भएका छन् ।
ट्रम्पले कमलाई लगभग ४० लाख मतले पछि पर्दै लोकप्रिय मत अर्थात् पपुलर भोटमा पनि पछि पारेका छन् ।
सन् २०२४ मा नोभेम्बर ९ शनिबार बिहान ७ बजे सम्म ट्रम्पले मा कूल लोकप्रिय मत मत ७ करोड ४१ को हाराहारीमा पुगेका छन् । अझै मत गणना भै रहेकोले कही बढ्ने सम्भावना रहेको छ ।
स्मरण रहोस , सन् २०२० मा बाइडेनले ३०६ निर्वाचक मत (इलेक्टोरल भोट )ल्याई ट्रम्पलाई हराएका थिए । सन् २०१६ मा पनि ट्रम्प पपुलर भोट अर्थात् लोकप्रिय मतमा हिलारी क्लिन्टन संग हारेका थिए । तर यस बर्ष २०२४ मा ट्रम्पले निर्वाचक मत तथा पपुलर भोट (कुल मतदान मत)मा ह्यारिसलाई पछार्न सफल भएका छन् ।
सन् २०२० मा ट्रम्पले २३२ मात्र निर्वाचक मत (इलेक्टोरल भोट) प्राप्त गरेका थिए । यस बर्ष २०२४ मा ट्रम्पले ३०१ निर्वाचक मत ल्याई बिजयी भएका छन् । ह्यारिसले २२६ मात्र निर्वाचक मत मात्र प्राप्त गरेकी छिन् ।
प्रतिक्रिया