रबिलाई होईन तीनलाई कैद गर्ने हो भनि सफल आन्दोलन गरोस !

इनेप्लिज २०८१ कार्तिक २० गते २२:२४ मा प्रकाशित

एकबहादुर क्षत्री

रबिको प्रकाशको बिना यो दुनिया कल्पना गर्न सकिन्न। रबि बिहानी हुनासाथ सो प्रकाशले बिना रोक तोक फैलिन्छ। कसैले रोकेर रोकिदैन। रबि लामीछाने पनि त्यस्तै ब्यक्तित्व भएका ब्यक्ति हुन भनेर दुई दुई पटक धेरैमतले बिजय गराएका हुन तर अहिले अंधेरो कोठेरिमा राखिएको छ।

किन रबिकोको उदय हुनु पर्यौ, किन सजिलै जनताको मन जिते, किन पराउन छाडे, किन जेलमा परे, किन सडक आन्दोलन गर्ने, कैद गरिनु पर्ने तिन को हुन, ति तिन हुन कि एक हुन, ति ब्यकति हुन कि बस्तु हुन आदि आदिको कुराहरुको चिरोफार गर्न तमसिएको छु।

रबिको उदय हुनु पर्यौ, किन सजिलै जनताको मन जिते, किन पराउन छाडेका कुराको जवाफको लागी भ्रस्ट्राचार र लुटने नाशनेको नाममा प्रजातन्त्र बहुदल र गणतन्त्रको उदयले ७० बर्षमा सबै दल शासन गरेको अर्को कारणले गर्दा रबिले उनिको दलबाट भ्रस्ट्राचार र लुटने काम नहुने भनि जनताको मन जिते र सो काम सरकारमा रँहदामा पनी नरहँदा पनि सो गरेनन गर्न चाहेनन लुटने धन्दामा लागे। रबिको छबीको पतन भयो रबिका दलका सबै दलमा जोडिएका र जोडिएर निकलिएका सबै एकै हुन ति खतरा बस्तु सर्प हुन ।

तिन बस्तुलाई नाश गरेर भ्रस्ट्राचार र लुटने काम नहुने गराऊनु पर्नेमा तिन ब्यकति तिन दलको पछि लागेर हात्ति बाघ र गैँडालाई ऊपयोग गरेर भ्रस्ट्राचार र लुटने काम गरेको कारणले गर्दा अहिलेको स्थिति सृजना भएको हो।

सहकारि कारणले रबि जेल जानु पर्नेको कारण नियति मात्र हो कारण तीन जनवार अंकित बस्तुनै हुन । जुन तिन भ्रस्टाचारि नेताले पाल्न पोषण गरेको अपार्दशि बस्तुको कारण हो। रबिले सहकारिको रकम यताउताको लेखा जोखा नहुने पत्तो नहुने हुँदा सो कारोबार गरे गर्नमा हौँसिए गेर फसे। छाडा छोडको करेन्ट लागेको हो र मौकामा दुश्मनले दुश्मन साधेका हुन।

तिन बर्ष भित्र तिन तिन ठुला ठुला नेता, मुख्य मन्त्री, नाम चलेका मेयर, कार्यकारि, न्यायधिश आदि आदि नोटका कारण रबिको जस्तै फन्दामा पर्नु पर्ने छ।
रिस साध्नको लागि छाडा छोडेको ठाँउमा चोर्न लगाएर चोर समातेको हो। जेलहाल्ने, खुला सिमाना को केहि समानको भन्सार न तिरेको भनि भान्छा बाट समात्ने काम गरेको हो ।

के रबिलाई १५ बर्ष जेलमा राखेर हजारौँको करडौँ करोडको बचत फिर्ता हुन्छ र अब फेरि यस्तो जो कोहिले निज जेलमा बस्दा जेलसम्म सहकारिमा कुनै यस्ता अपराधिक काम हुँदैन र अहिले १५ दिन प्रहरिको हिरासतमा रहँदा पनि भएको छैन छैन भने थुनिनुमा केहि भन्नु छैन। खेति गर्ने बार नलगाउने र गाई बस्तुले बालीनालि खायो भनि गाई बस्तु, गोठालो र दुध खाने कतिलाई जेल हाल्ने। बार लगाउने गर्ने हो की गाई बस्तु न पाल्ने हो त्यो त सरकार दह्रो तरीकाले गर्नु पर्यो। फितिलो सरकारको रीस साध्ने काम गरिनु भएन।

आफु बाघ भएर शासन गर्ने चितुवा त मृगलाई देखि नसहने सरकार नो निको चाल भएन।

किन सडक आन्दोलन गर्ने। सरकारमा सहभागी न भएका तिन दले रबिलाई रिहा गर्नको लागी सडक आन्दोलन गर्ने हो भने त्यो तिनै दलको पतन हुने बाटो हो। सरकारमा रहेका दलहरु अहमले देशलाई नाश गर्दछ। खपि नसकने झन झन अत्यचार, भ्रस्टाचार र महंगीको जनमानसमा आक्रोश बढेर देशको अस्तित्व खतम हुनेछ।

देशमा अहिले राजश्व चुहावट, देशभरिको तिनै तहका सरकारमा र सरकारको तिनै तह अंग र सरकारको चौथो अंग मानिएको पत्रकार हुन वा उधोगी ब्यपारि हुन सबै दलका नेता कार्यकर्ता र मिलोमतो सहितको भ्रस्टाचार चरम सिमामा पुगेका छ। सबैले बुझेको कुराहो दण्ड सजाएले ब्यबश्था नसुध्रिने, बिरामी पछि उपचार भन्दा बिरामी हुन नदिनु उत्तम उपाए हो।

मोदिले नोट बन्दिको नाटक गरि तेस्रो पटक चुनाब जितेर छले जस्तै वलिले भ्रस्ट्राचार गर दिन्न म भ्रस्ट्राचार दिन्न भनेर लाखौ भ्रस्ट्राचार गरि कार्यलयमा टागेर तिनि पछिका तिन प्रधान मन्त्री ति तश्बिर छुन सकेनन् वलिले लेखेको हो मैले होइन भन्दै भ्रस्ट्राचार गरे। अहिले त वलिले हेर्दे हांसदै भ्रस्ट्राचार गर्दे रबी जस्तै थुन्दै धम्काँउदै शासन चलाएका छन्।

सबैको कारक हात्ति बाघ ‍र गैंडा अंकित कागजी नोटहरु हुन र ति नोटहरु न भैकन केहि हुँदैन ती नोटहरुले तिन उतकृषट मेयरले संचालनको सरकारमा मात्र होईन कार्यकक्ष र निजको भान्सामा मिलोमतोमा सहयोगी भएका छन तिनिहरुको रबिको जस्तो हुने दिन नजिकै छ।

सरकारमा रहेका वलि सहितका तिन दलले तिन महिना नोट खारेज गरि सुशासन गर्ने कुरा सुनेन अझ दानको नाममा माम लिने काम गरेर आफनै नेता जेल कोचेर सुशासन देखाएर लुटने बाटो गरेको हुँदा बिपक्षमा रहेका तिन दलले भाषणमा मात्र सिमित नगरि सरकारमा रहँदाको नोट खारेज नगरेको भुल सुधार सडकमा आन्दोलन गरोश रबिलाइ रिहा गरोश तिन दलकै रक्षा गरोश!

रबिलाई मात्र जेल मुकत गर्ने भनेर तिन दलले सडक आन्दोलन होईन भाषण समेत नगरोश! हात्ति, बाघ र गैंडा अंकित तिन नोटलाई तिन महिना भित्र बिस्थापित गरि सहकारि सहित सुधार गर्ने र रबिलाई र यस्तै लाखौ भरियालाई जेल मुक्त गरने सफल आन्दोलन गरोश!

अब जन्ताले उधारोमा काम गर्दैनन् पहिले काम गर अनि मात्र भोट। रबिलाई होईन तीन हात्ती बाघ र गैंडा अंकित नोटलाई कैद गर्ने हो। जिन्दाबाद! जिन्दाबाद! जिन्दाबाद!!!

!!!समाप्त!!!

एकबहादुर क्षत्री

प्रतिक्रिया