रिपब्लिकनका अमेरिकी पूर्व उपराष्ट्रपति डिक चेनीकी छोरी तथा अमेरिकी संसद लिज चेनीमाथि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसात्मक टिप्पणी गरेका छन् । त्यसको जवाफमा छोरी लिज चेनीले पनि सिधा जवाफ फर्काइकी छिन् ।
गत बिहीबार ढिलो एरिजोना राज्यमा चुनाव अभियानको क्रमसंगै पत्रकार टकर कार्लसनसँग कुराकानी गर्दा ट्रम्पले लिज चेनीलाई बेईज्जत गरे ।
“उनी एक कट्टरपन्थी युद्ध बाज हो,” ट्रम्पले भने । उनी र उनका बुबा, पूर्व उपराष्ट्रपति डिक चेनीले संयुक्त राज्य अमेरिकालाई मध्य पूर्वमा युद्धमा नेतृत्व गरेको ट्रम्पले आरोप लगाए।
उनीलाई नौ ब्यारेल गोली हान्ने राइफल लिएर उभिऔं,” ट्रम्पले भने । हेरौं ,उनलाई कस्तो लाग्छ ? तिनीहरू सबै युद्धका बाजहरू भन्दैआरोप लगाए ।
उनले बारम्बार चेनीलाई “मूर्ख” र “खराब” व्यक्तिको संज्ञा दिए ।
पूर्व रिपब्लिकन दलकी अमेरिकी सांसद लिज चेनीले सामाजिक संजाल मार्फत ट्रम्पको टिप्पणीलाई जवाफ दिएकी छिन् । “तानाशाहहरूले स्वतन्त्र राष्ट्रहरूलाई यसरी नष्ट गर्छन्,उनले सामाजिक संजालमा जवाफमा यस्तो लेखिन्।
“उनीहरूले उनीहरूको विरुद्धमा बोल्नेहरूलाई ज्यान मार्ने धम्की दिन्छन्। हामी हाम्रो देश र हाम्रो स्वतन्त्रता एक क्षुद्र, प्रतिशोधी, क्रूर, अस्थिर मानिसलाई सुम्पन सक्दैनौं जो तानाशाह बन्न चाहन्छ।” ,उनको सामाजिक संजालमा लेखिएको छ ।
साथै उनले कमलालाई मत दिऔ भनि सामाजिक संजालमा थपेकी छिन् । त्यस्तै ट्रम्पका प्रवक्ताले शुक्रबार लिज चेनीको भनाईलाई पुन : जवाफ दिएका छन् ।
प्रतिक्रिया