अभिनेत्री र गायिका जेनिफर लोपेजले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको र्याली( आमसभा)मा गरिएको आपत्तिजनक पुर्टोरिको मजाकको निन्दा गरिन । ल्याटिनोहरुलाई मतदान गर्न आह्वान गरिन ।
गत बिहीबार राती लस भेगासमा ह्यारिस-वाल्ज अभियान कार्यक्रममा बोल्दै, अभिनेत्री र गायिका जेनिफर लोपेजले पुर्टोरिकन सम्पदालाई सन्दर्भ गर्दै र ल्याटिनो समुदायलाई मतदान गर्न आह्वान गरिन ।
ट्रम्पले लगातार हामीलाई विभाजित गर्न काम गरेका छन् । न्यूयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा उनले हामीलाई उनि वास्तवमा को हुन र उनिवास्तवमा कस्तो महसुस गर्छन ट्रम्पले हामीलाई सम्झाएको बताइन ।
यो केवल पोर्टो रिकनहरू मात्र थिएनन् जो त्यो दिन अपमानित भएका थिए – यो देशका भएका सबै ल्याटिनोको लागि थियो , यो मानवता र सभ्य चरित्रको जो कोही पनि थिए ,” लोपेजले आमसभामा सम्बोधनको क्रममा भनिन।
लोपेज, रिकी मार्टिन, मार्क एन्थोनी ,गायक लुइस फोन्सी र बन्नी पोर्टो रिकन वंशका कलाकारहरु गत आइतवारदेखि उपराष्ट्रपतिको मंचको लागि समर्थन देखाएका छन्।
“म एक अमेरिकी महिला हुँ। म ग्वाडालुप रोड्रिग्ज र डेभिड लोपेजकी छोरी हुँ, एक गर्व छोरी र म पोर्टो रिकन हुँ, “लोपेजले बिहीबार राति भनिन् ।
उनले उपराष्ट्रपती कमला ह्यारिसको नीति योजनाहरूको प्रशंसा गरिन । उनले अगाडी भनिन् ह्यारिसले “अमेरिकी सपनालाई पछ्याउन आप्रवासी र आप्रवासी परिवारहरूको स्वतन्त्रता, आवास, शिक्षा, खाना र जीवनका आवश्यक वस्तुहरू किन्न कामदारहरूको स्वतन्त्रता, र ,हामीले आफ्नो शरीरको निर्णय स्वयम् गर्ने महिलाहरूको स्वतन्त्रता समेतमा संघर्ष गर्ने बताइन ।
“यो चुनाव तपाईको जीवनको बारेमा हो। यो तपाई, म र मेरा बच्चाहरू र तपाईहरुका बच्चाहरूको बारेमा हो। त्यो तपाइहरुको शक्ति हो। तपाईको मत तपाईको शक्ति हो।”
उनले कमला ह्यारिसको परिचय गराएकी थिइन् ।
प्रतिक्रिया