अमेरिकाको फ्लोरिडा राज्यको ओर्लान्डो शहरको मुख्य बजारमा हालोविन पर्वमा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
ओर्लान्डोको डाउनटाउन( शहरको मुख्य भाग)मा हालोविन मनाउन भीड जम्मा भएको ठाउँमा भएको गोलीकाण्ड हुँदा २ जनाको मृत्यु र ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
ओर्लान्डोका दुई स्थानमा बन्दुकधारीले गोली चलाएको प्रहरी प्रमुख एरिक स्मिथले शुक्रबार बिहान पत्रकार सम्मेलनमा भने। एक १७ वर्षीय संदिग्ध पक्राउ गरिएको छ । घाइतेहरूलाई अस्पताल लगिएको छ बहने उनीहरुको अवस्था स्थिर रहेको स्मिथले बताए।
पहिलो गोलाबारीमा सङ्कलन गरिएको सानो श्रब्यदृश्य( फुटेज)मा संदिग्धले भीडबाट फरार हुनु अघि गोली चलाएको देखाइएको छ । दोस्रो स्थानमा प्रहरीले संदिग्ध व्यक्तिलाई गोली हानेको केही क्षणमा संदिग्धलाई हटाउन सक्षम भएको थियो ।
प्रहरी प्रमुख अनुसार करिब १०० अधिकारीहरूले यस क्षेत्रमा विस्तृत रूपमा काम गरिरहेका थिए। संदिग्धलाई पहिले २०२३मा ठूलो चोरीको आरोपमा पक्राउ गरिएको स्मिथले भने।
गोली प्रहारको अनुसन्धान जारी रहेको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया