नेपालमा तिहारको दोस्रो दिन बिहिबार घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ । यसै गरि अमेरिकामा बिहान भएकोले आज अमेरिकाका विभिन्न राज्य तथा शहरमा बस्ने नेपाली समुदायले कुकर तिहार मनाउने तयारी गरि रहेका छन् । अमेरिकाको भर्जिनिया राज्यको हेमार्केट शहरमा गत आइतबार सामूहिक रुपमा पहिलो पटक कुकुर तिहार मनाईयो । जहाँ बिदेशीहरुले समेत आ-आफ्ना कुकरहरु ल्याएका थिए ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।
नेपालमा आफूले पालेका या सडक डुल्ने कुकुरलाई पुजा गरि माला लगाईएको छ l अमेरिकामा बिदेशीहरु जस्तै अधिकांशले कुकुर पाल्ने भएकोले बिहानै देखि कुकुर पूजा सुरु गरिने छ ।
अमेरिकामा कुकुरको खाना किन्ने प्रचलन अनुसार बिशेष परिकारका भएता पनि नेपाली सेलरोटि पनि राख्ने नेपाली समुदायले गर्ने गरेका छन् l
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास रहेको छ ।
वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ ।
कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।
प्रतिक्रिया