अमेरिकाद्वारा इरानमा इजरायली हमलाको पुष्टि ,बाइडेनले जानकारी पाए

इनेप्लिज २०८१ कार्तिक १० गते ०:४३ मा प्रकाशित

गत अक्टोबर १ मा इरानले गरेको क्षेप्यास्त्र आक्रमणको जवाफमा इजरायलले इरानमाथि हमला गरेको अमेरिकाले पुष्टि गरेको छ ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार राष्ट्रपति जो बाइडेनलाई यस प्रतिशोधात्मक आक्रमणको घटनाक्रमको बारेमा जानकारी दिइएको छ ।

इजरायली अधिकारीका अनुसार इजरायलले आक्रमण गर्नुअघि अमेरिकालाई अध्यावधिक गरेको थियो। इजरायलले ऊर्जा पूर्वाधार तथा आणविक सुविधाहरूलाई लक्षित नगरेको इजरायली अधिकारीले बताए ।

तेहरान वरिपरि केही ठूलो विस्फोटको आवाज सुनिएको इरानको सरकारी दूरदर्शन (टिभी)ले जनाएको छ।

इरानमा आक्रमण हुँदा प्रधानमन्त्री कार्यालयका अनुसार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु स्थानीय समय अनुसार शनिबार बिहान तेल अभिभको किरिया सैन्य अखडामा रहेको सुरुङ्ग (बंकर)मा रहेका थिए ।

प्रतिक्रिया