बोइङको आवरण(क्याप्सुल)मा समस्या आए पछि करिब आठ महिना लामो अन्तरिक्ष केन्द्रमा बिताए पछि चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् ।
तीन अमेरिकी र एक रूसी दुई महिना अघि फर्किनु पर्थ्यो । तर तिनीहरूको पृथ्वीमा फर्कनु अगाडी बोइङको नयाँ स्टारलाइनर अन्तरिक्ष यात्री आवरण (क्याप्सूल)को समस्याले रोकिएको थियो जुन सेप्टेम्बरमा सुरक्षा चिन्ताको कारण खाली फर्किएको थियो।
त्यस पछि अमेरिकामा आएको समुन्द्री आँधी मिल्टन र त्यसपछि अर्को दुई हप्ताको उच्च हावाको कारण स्थगित गरिएको थियो । स्पेसएक्समा गत मार्चमा नासाका म्याथ्यू डोमिनिक, माइकल ब्यारेट र जेनेट एप्स र रुसका अलेक्ज्याण्डर ग्रेबेन्किन गरि चार जना अन्तरिक्ष गएका थिए ।
प्रतिक्रिया