अमेरिकी गायिका बियन्से टेक्ससको ह्युस्टनमा शुक्रबार ह्यारिसको आमसभामा आउने र प्रस्तुती गर्ने भएकी छिन्।
ह्यारिस अभियानले उनको उपस्थितीले मतदाताहरुमा परिवर्तन गर्न सक्ने अपेक्षा गरेका छन्।
मतदान समाप्त हुनु अघि दुई हप्ता भन्दा कम समयमा केही हलचल हुन सक्ने अभियानले बताएका छन्।
ह्यारिस अभियानले रिपब्लिकन सिनेटर टेड क्रुज विरुद्धको दौडमा डेमोक्रेटिकका कोलिन अलरेड अफ डलासको वरिपरि समर्थन जुटाउन र टेक्ससको कडा गर्भपतन कानूनलाई प्रकाश पार्ने प्रयास सहित वियन्सेले प्रस्तुती दिनेछिन्।
शुक्रबारको र्याली(आमसभा)मा टेक्सासमा गायक विली नेल्सन र बेयन्सेकी आमा टीना नोल्सको पनि सहभागिता रहने सिविएसन्यूजले जनाएको छ ।
सन् २०१६ मा विमोचन भएको वियन्सेको गीत “फ्रीडम” ह्यारिसको अभियानको नारा गीत हो।
ह्यारिसले टेलर स्विफ्ट, लिजो र चार्ली सहित अन्य ठूला-ठूला कलाकारहरुको समर्थन प्राप्त गरेकी छिन्।
प्रतिक्रिया