अमेरिकाको जर्जिया राज्यमा ८२ लाख मतदाता मध्ये २० जना गैर नागरिकले मतदातामा दर्ता गराएको खुलासा, लाखौलाखले मतदान गरेको ट्रम्पको दावी गलत

इनेप्लिज २०८१ कार्तिक ७ गते १८:४१ मा प्रकाशित
Screenshot

अमेरिकाको जर्जिया राज्यमा ८२ लाख मतदाता मध्ये २० जना गैर नागरिकले मतदातामा दर्ता गराएको खुलासा गरिएको छ ।

साथै सन् २०२० मा लाखौलाखले मतदान गरि पूर्व राष्ट्रपति डोलान्ड ट्रम्प तथा रिपव्लिकनहरुको दावी गलत भएको छ ।

२०२० राष्ट्रपति जो बाइडेनसॅग ट्रम्प हारे पछि ३ पटक मतपत्र गणना गर्न ट्रम्पले लगाएका थिए ३ पटक नै बाइडेनले जितेको राज्य सचिवालयले जनाएको थियो ।

यही विवाद नहोस भन्दै सचिवालयले यो जानकारी गराएको छ ।

सेक्रेटरी अफ स्टेट( राज्य सचिवालय)ले छानबिन गरे पछि ८.२  मिलियन ( ८२ लाख) मध्ये मतदान गर्न केवल २० जना गैर-नागरिकहरू दर्ता गरेको फेला पारेको छ।

जर्जियाका लाखौं दर्ता भएका मतदाताहरूको समीक्षाले मात्र २० जना गैर-नागरिकहरूले मतदान गर्न दर्ता गरेको फेला पारेको जर्जियाका रिपब्लिकन दलकै  राज्य सचिव ब्राड राफेन्सपर्जरले बुधबार घोषणा गरे।

यस्ले ट्रम्प र रिपव्लिकन दललाई मुखमा बुझो लगाई दिएको छ । ती २० व्यक्तिलाई राज्यको मतदाता नामावलीबाट हटाइएको छ ।

२० मध्ये नौ जनाले पहिले मतदान गरेका थिए भने ११ जनाले मत दिएका थिएनन ,राफेन्सपर्जरको कार्यालयले बताएको छ 

 राफेन्सपर्जरका अनुसार उनको कार्यालयले अन्य १५७ व्यक्तिहरूको मुद्दा फाइल( मिसिल) खोलेको छ ।

उनिहरुको नागरिकता स्थितिलाई थप मानव अनुसन्धान आवश्यक रहेको उनले बताए।

प्रतिक्रिया