अमेरिकी रक्षा सचिव लोयड अस्टिन : उत्तर कोरियाले रुसमा सेना तैनाथ गरेको छ

इनेप्लिज २०८१ कार्तिक ७ गते १३:२५ मा प्रकाशित

अमेरिकी रक्षा सचिव लोयड अस्टिनले उत्तर कोरियाले रुसमा सेना तैनाथ गरेको बताएका छन् ।

रक्षा सचिव अस्टिनका अनुसार उत्तर कोरियाले रुसमा सेना तैनाथ गरेको पुष्टि गर्ने पहिलो वरिष्ठ अमेरिकी अधिकारी हुन् ।

“हामीले प्रमाणहरू देखिरहेका छौं ,उत्तर कोरियाली सेनाहरू रुसमा गएका छन्,” अस्टिनले बुधबार रोममा आफूसँगै यात्रा गरिरहेका पत्रकारहरूलाई भने।

युक्रेन र दक्षिण कोरियाले रुसलाई युक्रेनीहरूसँग लड्न मद्दत गर्न उत्तर कोरियाले हजारौं सेना रुसमा तैनाथ गरेको आरोप लगाएका छन् । गुप्तचरसँग परिचित अमेरिकी स्रोतले सीएनएनलाई दिएको जानकारी अनुसार हजारौं उत्तर कोरियाली सेनाहरू पहिले नै रूसमा छन्।

यो एकदमै गम्भीर मुद्दा हो, र यसले युरोपमा मात्र नभई यसले भारतमा पनि असर गर्नेछ ,अस्टिनले भने।

हालैका महिनाहरूमा, मस्को र प्योङयाङले सैन्य साझेदारीलाई गहिरो बनाएका छन् र ,बढ्दो गठबन्धनले कीभ र वाशिंगटनका अधिकारीहरूलाई चिन्तित बनाएको छ।

यसैबीच, दक्षिण कोरियाले शुक्रवार उत्तर कोरियाले विशेष बलका लडाकुहरू सहित १,५०० सैनिकहरूलाई प्रशिक्षणको लागि रुस पठाएको जनाएको छ।

प्रतिक्रिया