इजरायली रक्षा बलद्वारा गाजा युद्धमा एक महासेनानीको मृत्यु भएको घोषणा , इजरायलमा हेजबुल्लाहले १६० वटा क्षेप्यास्त्र प्रहार

इनेप्लिज २०८१ कार्तिक ४ गते १९:०३ मा प्रकाशित

इजरायली रक्षा बल(आइडिएफ)द्वारा गाजा युद्धमा एक महासेनानीको मृत्यु भएको घोषणा गरेको छ । आइडीएफले आइतबार उत्तरी गाजामा भएको लडाइमा ४१ वर्षीय एहसान डक्साको मृत्यु भएको घोषणा गरेको छ।

डक्सा युद्धमा मारिने उच्च दर्जाका आईडिएफ अधिकारीहरू मध्ये एक थिए । उनले १६२ औं शाखाको ४०१ औं “आयरन ट्र्याक” बाहिनीको नेतृत्व गरेका थिए । त्यस्तै इजरायलमा हेजबुल्लाहले १६० क्षेप्यास्त्र प्रहार गरेको आइडीएफले जनाएको छ

हेजबुल्लाहद्वारा प्रहार गरिएको कम्तिमा १६० वटा क्षेप्यास्त्र आइतवार लेबनानबाट इजरायलमा प्रवेश गरेको इजरायल रक्षा बलहरूले बताए ।

इजरायलको तेस्रो ठूलो शहर हाइफा सहित उत्तरपश्चिम इजरायलमा आक्रमण गरिएको छ । आइडीएफले दिउँसो ३ बजेतिर क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । स्थानीय समय अनुसार ३० वटा क्षेप्यास्त्र प्रक्षेपण भएको तीन मिनेटपछि इजरायलमा प्रवेश गरेको थियो ।

आइडिएफका अनुसार हाल सम्म कुनै चोटपटक वा हताहतको कुनै विवरण सार्वजनिक गरिएको छैन । केही क्षेप्यास्त्रहरू उत्तरमा खसेको र अग्नि नियन्त्रकहरुले आक्रमणबाट निस्केको आगो निभाउन काम गरिरहेको आइडिएफले बताएको छ।

प्रतिक्रिया