पेन्सल्भेनियाकी एक महिलालाई आफ्नै घरको छिडी(बेस्मेन्ट)मा २ जना सन्तान झुण्डिएको अवस्थामा फेला परेको अभियोगमा दुईवटा जन्मकैदको सजाय

इनेप्लिज २०८१ कार्तिक ४ गते १२:५३ मा प्रकाशित

अमेरिकाको पेन्सल्भेनिया राज्यकी एक महिलालाई पाँच वर्षअघि आफ्नै घरको छिडी(बेस्मेन्ट)मा २ जना उनका सन्तान झुण्डिएको अवस्थामा फेला परेको अभियोगमा दुईवटा जन्मकैदको सजाय सुनाईएको छ ।

एनबिसीन्यूजका अनुसार घरको बेसमेन्ट(छिडी)मा झुण्डिएको अवस्थामा २ जना बालबालिकाको हत्या गर्ने महिलालाई २ जन्मकैदको सजाय सुनाइएको हो ।

मारिएका बालकहरुका जेठा दाई तिनीहरूको मृत्युको समयमा १७ वर्षका थिए, उनले आफ्नी आमा लिसा स्नाइडरलाई “राक्षस” को संज्ञा दिएका छन् । उनले अब आफ्नी आमालाई आमा मान्दैनन ।

४१ वर्षीया स्नाइडरलाई सेप्टेम्बर २०१९ मा ४ वर्षीय ब्रिन्ली र ८ वर्षीय कोनरको मृत्युमा प्रथम श्रेणीको हत्याको दुईवटा मुद्दामा गत महिना दोषी ठहर गरिएको थियो । फिलाडेल्फियाको लगभग ६० माइल उत्तरपश्चिममा रहेको अल्बानी उपनगरको बच्चाहरु मृत फेला परेका थिए ।

बर्क्स काउन्टीमा गत बिहीबार भएको सुनुवाईको क्रममा स्नाइडरले कुनै प्रतिक्रिया देखाईनन। न्यायाधीश थेरेसा जोनसनले बालबालिकालाई खतरामा पार्ने र प्रमाण लुकाउने सजायमा साढे आठ बर्ष देखि १७ वर्षसम्मको सजाय पनि लगाइन ।

उनले आफ्नो समयमा देखेको सबैभन्दा हिंसात्मक हत्या भएको बताइन । सजाय पाएकी आमाका जेष्ठ सुपुत्र अहिले २२ बर्षका भएका छन् । आमा स्नाइडरले प्रहरीलाई आफ्नो छोरालाई दुर्व्यवहार गरेको र आफ्नो ज्यान लिने धम्की दिएको बताएकी थिइन् तर अधिकारीहरूले उनको दाबीलाई समर्थन गर्ने कुनै प्रमाण नभेटिएको बताए।

प्रतिक्रिया