अमेरिकाको ओरेगनमा एक महिलालाई अपहरण गरि यानगृह (गराज)मा यौनदुर्व्यबहार गर्ने पुरुष दोषी ठहर ,आजीवन कारागार हुन् सक्ने

इनेप्लिज २०८१ कार्तिक ४ गते ११:१० मा प्रकाशित

अमेरिकाको ओरेगन राज्यमा एक महिलालाई अपहरण गरि यानगृह (गराज)मा यौनदुर्व्यबहार गर्ने पुरुष दोषी ठहर भएका छन् । र उनलाई आजीवन कारागार हुन् सक्ने सिएनएनले जनाएको छ ।

महिलालाई बन्धक बनाएको बताएपछि उनि दोषी पाईएका हुन् । उनलाई अपहरण, यौन अपराध र हतियारको अभियोग लगाईएको छ भने उनले एक महिलालाई आफ्नो गराज(यानगृह)मा अस्थायी थुनमा राखेको संघीय अधिकारीहरूले बताएका छन्।

३० वर्षीय नेगासी जुबेरीलाई गत शुक्रबार अपहरण, आपराधिक यौन क्रियाकलापका लागि पीडितलाई ओसारपसार गर्ने र गैरकानूनी रूपमा बन्दुक र गोलाबारुद राखेको अभियोगमा दोषी ठहर गरिएको न्याय विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जुबेरीले प्रहरी अधिकारीको रूपमा प्रस्तुत गरे । उनले जुलाई २०२३ मा सियाटलमा आफ्नो गाडीको पछाडिको आसन (सिट)मा एक पीडितलाई हिरासतमा लिन हथकडी समेत प्रयोग गरेका थिए ।

त्यसपछि उनले महिलालाई ४०० माइल भन्दा बढि क्लमाथ फल्समा रहेको आफ्नो घरमा पुर्याएका थिए ,विज्ञप्तिमा भनिएको छ। आफ्नो घरमा जुबेरीले पीडितलाई आफ्नो यानशालामा सारेका थिए ।

समाचार विज्ञप्तिमा भनिएको छ, “महिलाले सानो बन्द कोठाको ढोका नखुलेसम्म बारम्बार प्रहार गरिन् र उनी भागिन्। प्रहरीले जुबेरीलाई भोलिपल्ट नेभादाको रेनोबाट पक्राउ गरेको थियो।

जुबेरीले पीडितलाई अपहरण गरेको जुलाईको घटना पहिलो पटक थिएन । उनीहरूको अनुसन्धानको क्रममा संघीय जासुसहरुले करिब छ हप्ता अघि उनले अर्को पीडितलाई अपहरण गरी यौन दुर्व्यवहार गरेका थिए ।

प्रतिक्रिया