टेस्लाको पूर्ण स्वचालित प्रणालीको गाडीले पैदल यात्रुको मृत्यु भए पछि अनुसन्धानको घेरामा परेको छ ।
बिधुतिय कार निर्माता टेस्लाको “फुल सेल्फ-ड्राइभिङ” अर्थात् पूर्ण स्वचालित प्रणाली सवारी साधन घातक दुर्घटनासँग जोडिएको हुनाले टेस्लाले संघीय नियामकहरूले छानबिनको सामना गरिरहेको सिबिएसन्यूजले जनाएको छ ।
अमेरिकाको राष्ट्रिय राजमार्ग सुरक्षा प्रशासन (नेशनल हाइवे सेफ्टी एडमिनिस्ट्रेशन -एनएचटिएसए) का कागजातहरूमा जनाए अनुसार टेस्लाले चारवटा दुर्घटनाहरू विवरण पेश गरेपछि गत बिहीबार देखि अनुसन्धान खोलेको छ । जसमा एक पैदल यात्रीको मृत्यु भएको थियो । टेस्ला गाडीहरू सूर्यको चमक, कुहिरो र हावाको धुलो लगायत कम दृश्यता भएका क्षेत्रमा प्रवेश गरेपछि दुर्घटना भएको उल्लेख गरिएको छ ।
एनएचटिएसएका अनुसार पैदल यात्रुको मृत्युको अतिरिक्त अर्को दुर्घटनामा एक चोट लागेको थियो । २०२३ को नोभेम्बरमा एरिजोनाको रिमरकमा २०२१ टेस्ला मोडल वाईको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको थियो। रिमरक फिनिक्सबाट १०० माईल (१६१ किलोमिटर) उत्तरमा छ।
एरिजोना सार्वजनिक सुरक्षा विभागले एक विज्ञप्तिमा उल्लेख गरे अनुसार नोभेम्बर २७ मा साँझ ५ बजे पछि भएको थियो। त्यस्तै टेस्लाको ठक्करबाट एरिजोनाको मेसाकी ७१ वर्षीया महिलालाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।
गत हप्ता टेस्लाले हलिउड स्टुडियोमा बिना हाते बिड तथा बिना खुट्टाले चलाउने पाउदान( स्टेयरिङ ह्वील वा पेडल बिना ) पूर्ण स्वतन्त्र रोबोटट्याक्सी अनावरण गर्न एउटा कार्यक्रम आयोजना गरेको थियो ।
प्रमुख कार्यकारी अधिकारी (सीईओ )इलन मस्कले कम्पनीले अर्को वर्ष मानव चालकविना पूर्ण रूपमा स्वायत्त सवारी साधन चलाउने र सन् २०२६ मा रोबोटट्याक्सी उपलब्ध गराउने योजना रहेको बताए।
टेस्लाले अर्को वर्ष टेक्सस र क्यालिफोर्नियामा रहेका लोकप्रिय नमुना ३ र नमुना वाई गाडीहरूमा पूर्ण स्वयम् हाक्न सकिने (सेल्फ-ड्राइभिङ)प्रविधि उपलब्ध गराउने अपेक्षा गरेको छ।
प्रतिक्रिया