मिसिसिपीको एक विद्यालयमा खेलपछि गोली चल्दा ३ जनाको मृत्यु ,८ जना घाइते

इनेप्लिज २०८१ कार्तिक ३ गते २०:४३ मा प्रकाशित

अमेरिकाको मिसिसिपी राज्यको एक विद्यालयमा अमेरिकी भकुण्डो (फुटबल )खेलपछि गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

एपीका अनुसार समारोह मनाउने युवाहरुको समुहमा कसैले गोली चलाएको जनाएको छ ।

मध्य मिसिसिपीमा शनिबार बिहान कम्तिमा दुई व्यक्तिले बाहिरी बाटोमा बिद्यालय फर्कने भकुण्डो बिजयी टोलीले उत्सव मनाउने क्रममा सयौं मानिसहरूको समूहमा गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। प्रहरी अधिकारीहरुका अनुसार खेल समाप्त भए पछि उक्त घटना भएको हो ।

उत्सवमा केही पुरुषहरू बीचमा झगडा भए पछि गोली चलेको थियो । जहाँ २०० देखि ३०० बाहिरी बाटोमा मानिसहरु उत्सव मनाइरहेका थिए ।

घटना लेक्सिंगटन शहरमा भएको थियो भने उक्त शहर ज्याक्सन शहरको उत्तरमा करिव ६० माइल (९६ किलोमिटर) भन्दा टाडा रहेको छ। मृत्यु हुनेमा दुईजना १९ बर्ष र तेस्रो व्यक्ति २५ वर्षका थिए। घाइतेहरूलाई उदग्रबिमान(हेलिकप्टर)बाट स्थानीय अस्पतालमा लगिएको थियो।

कति गोलाबारुद प्रहार भएको थियो भनेर निर्धारण गर्न सहायक प्रहरीहरु घटनास्थलमा गोला बारुद संकलन गरिरहेको प्रहरीले प्रमुखले बताए ।

प्रतिक्रिया