अध्यावधिक गरिएको : अमेरिकाको मिसिगनमा ग्यास चुवाहटको बाहनामा नक्कली परिचयपत्र देखाई घरधनीको हत्या गर्ने दोश्रो फरार व्यक्ति पक्राउ

इनेप्लिज २०८१ कार्तिक ३ गते ११:०४ मा प्रकाशित

अध्यावधिक गरिएको : अमेरिकाको मिसिगनमा ग्यास चुवाहटको बाहनामा नक्कली परिचयपत्र देखाई घरधनीको हत्या गर्ने दोश्रो फरार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएकोछ । गत अक्टोबर ११ मा एक ७२ वर्षीय व्यापारीलाई मिशिगन राज्यको एक घरमा भएको आक्रमणमा हत्या भएको सम्बन्धमा पक्राउ परेका दोस्रो संदिग्धलाई हत्याको अभियोग लगाइएको छ।

पक्राउ परेका दोस्रो संदिग्धलाई औपचारिक रूपमा हत्याको आरोप लगाइएको प्रहरीले बताए ।

७२ बर्षिय हुसेन मुर्रे गत अक्टोबर ११ मा उनको रोचेस्टर हिल्सको घरको छिडीमा मृत फेला परेका थिए । उनको पत्नीलाई हात बाधेर राखिएको थियो

यस हप्ताको सुरुमा उनको गिरफ्तारी पछि, डियरबोर्नका ३९ वर्षीय जोशुआ जुआजोलाई आक्रमणको सम्बन्धमा जघन्य हत्या र गैरकानूनी रुपमा थुनाको दुईवटा गणनाको आरोप लगाइएको ओकल्याण्ड काउन्टी शेरिफको कार्यालयले बिहीबार बताएको थियो ।

जुआजोले शुक्रबार आफ्नो अभियोगको क्रममा आरोपमा आफू दोषी नभएको बताए । सार्वजनिक सुरक्षा र उडान जोखिमको बारेमा चिन्ता रहेको भन्दै न्यायाधीशले उनलाई धरौटी बिना नै कारागारमा राख्न आदेश दिए। उनि अक्टोबर २९ मा फेरी अदालत हाजिर हुनेछन् ।

ओकल्यान्ड काउन्टी शेरिफको कार्यालयका अनुसार हत्याको आरोपमा ३७ बर्षिय कार्लोस जोस हर्नान्डेजलाई गत शनिबार पक्राउ गरिएको थियो। उनीमाथि हत्याको आरोप लगाइएको छ र प्रहरी अधिकारीहरूले लुजीयानाबाट उनको सुपुर्दगी खोजिरहेको एबिसीन्यूजमा उल्लेख गरिएको छ ।

मृतककी पत्नीले प्रहरी अधिकारीहरूलाई आक्रमणको अघिल्लो रात दुई संदिग्धहरूले ग्यास चुहावट भन्दै घरमा आएका थिए तर उनीहरूलाई भित्र जान नदिएको बताइन ।

उनीहरू शुक्रबार फेरि आए पछि उनीहरुलाई भित्र जान दिइएको थियो । उनका पति श्रीमान् उनीहरूसँगै छिडी (बेसमेन्ट)मा गएको शेरिफ विभागले जनाएको छ । श्रीमान विना उनीहरु माथिल्लो तला फर्किएपछि उनीहरूले पत्नीलाई बाँधे र हातमा टेप लगाएको महिलाले भनिन्। उनले श्रीमानलाई पछि बाहिर आएको देखिनन् र उनी अपहरणमा परेको अनुमान गरिन ।

शेरिफको विभागले जारी गरेको सुरक्षा अङ्कीयचित्रक (क्यामेरा ) श्रब्य दृश्य(भिडियो)मा गिरफ्तार गरिएका संदिग्धलाई उपयोगिता (युटिलिटी)का कर्मचारीको पोशाक र मुखावरण (मास्क) लगाएको क्लिपबोर्ड (खीप पाटी) समातेको देख्न सकिन्छ। प्रहरीले श्रब्यदृश्य तथा तस्बिरहरु समेत सार्वजनिक गरेको छ ।

“हामी डिटिई का हौं। हामी ग्यास चुहावटको लागि जाँच गर्दैछौं,” उक्त व्यक्तिले मिशिगनस्थित ऊर्जा कम्पनीको नाम दिँदै यसो भन्दै गरेको सुनिन सकिन्छ।

घटना पछि एक विज्ञप्तिमा डिटिइले ग्राहकहरूलाईको लागी सतर्क हुन आग्रह गरेको थियो । मुर्रे गरगहना र बन्धक/धरौटी /धितो पसलका संचालक हुन् ।

प्रतिक्रिया