हमास नेता सिनवार मारिए पछि बाइडेनले दिए “न्यायको क्षण”को संज्ञा ,सिनवारलाई बख्तरबन्द (ट्यांक)प्रयोग गरि मारिएको आईडिएफको पुष्टि

इनेप्लिज २०८१ कार्तिक ३ गते १:४२ मा प्रकाशित

हमास नेता याह्या सिनवार मारिए पछि अमेरिकी राष्ट्रपति जो बाइडेन हत्यालाई “न्यायको क्षण”को संज्ञा दिएका छन् । इजरायली रक्षा बल(आइडिएफ)का अनुसार सिनवारलाई बख्तरबन्द (ट्यांक)प्रयोग गरि मारिएको इजरायली सेनाले पुष्टि गरेको छ ।

राष्ट्रपति बाइडेनले शुक्रबार दिउँसो जर्मन चान्सलर ओलाफ स्कोल्जसँग युक्रेनमा युद्ध र मध्य पूर्वमा सुरक्षा खतराहरूबारे छलफल गर्न भेट गरेका छन् ।

त्यो बैठक अघि बाइडेनले इजरायलले याह्या सिनवारको हत्यालाई “न्यायको क्षण” को संज्ञा दिए । बाइडेनले इजरायलका प्रधानमन्त्रीलाई यस क्षणलाई शान्तिको बाटो खोज्ने अवसर बनाउन समेत आग्रह गरेको बताए ।

एबिसीन्यूजका अनुसार सिनवार इजरायली सैनिकहरुसंग गोलीबारी पछि ट्यांक प्रयोग गरेर मारिएको आईडिएफले जनाएको छ ।

इजरायली सेना र हमासका सदस्यहरू बीच बुधबार रफाहको सडकमा गोली हानाहान गरेपछि हमासका नेता याह्या सिनवारको बख्तरबन्दको प्रहार (ट्याङ्क फायर)ले उनको मृत्यु भएको थियो भने उनी भित्र रहेको भवनलाई निशाना बनाएका थिए।

हमासका दुई जना सदस्यलाई आईडिएफका सैनिकहरूले गोली हानाहानमा मारेका थिए भने तेस्रो हमास सदस्य भवनमा पसेका थिए । इजरायली सेनाले त्यसपछि निगरानीको लागि भवनमा मानवरहित यान (ड्रोन )पठायो जसलाई उनीहरूले तेस्रो हमास लडाकु अझै पनि भित्र जीवित छन् भनेर पत्ता लगाउन प्रयोग गरे।

त्यसपछि आईडिएफले भवनमा आक्रमण गर्न ट्यांक प्रयोग गर्‍यो । आइडीएफले बिहीबारसम्म सिनवारको शव फेला पारेन तर उनको पहिचान गरेको थियो।

अमेरिकी केन्द्रिय कमाण्ड (युएस सेन्ट्रल कमाण्ड -सेन्टकम) का प्रमुख माइकल एरिक कुरिल्लाले बिहीबार एक विज्ञप्ति जारी गर्दै हमास नेता याह्या सिनवारको हत्यामा इजरायली रक्षा बललाई बधाई दिएका छन्।

इजरायली सेना र अधिकारीहरूले हमास नेता याह्या सिनवारको मृत्युको घोषणा गरेपछि हेजबुल्लाहले बिहीबार उनीहरू “इजरायली दुश्मनसँगको भिडन्त” मा नयाँ चरणमा तीब्र परिवर्तन हुँदै गरेको बताए ।

प्रतिक्रिया