इजरायलले हमासका नेता याह्या सिनवार गाजाको विद्यालयमा भएको छुट्टाछुट्टै आक्रमणमा मारिएको हुन सक्ने बताएको छ ।
इजरायलको सेनाले गाजा भूभागमा हमासका शीर्ष सेनापति याह्या सिनवार प्यालेस्टिनी क्षेत्रमा एक कारवाहीको क्रममा सेनाले मारेका “तीन आतंककारीहरू” मध्ये थिए भन्दै पुष्टि गर्न बिहीबार काम गरिरहेको बताएको छ ।
इजरायल रक्षाबलले एक संक्षिप्त बिज्ञप्तीमा आतंकवादी मध्ये एक याह्या सिनवार हुनसक्ने सम्भावना जाँच गरिरहेको छ।
यस चरणमा आतंकवादीहरूको पहिचान पुष्टि गर्न सकिँदैन भनेको छ ।
सामाजिक सञ्जालमा फैलिएको एउटा तस्बिरले हमास सेनापतिसॅग मिल्दोजुल्दो टाउकोमा घाउ भएको एक जना मृत व्यक्तिलाई देखाएको छ, तर सीबीएस न्यूजले तत्काल तस्बिर पुष्टि गर्न नसकेको जनाएको छ ।
हमासले अक्टोबर ७,२०२३ को सीमापार आतंककारी हमला सुरु गरेदेखि सिनवार इजरायलको लक्षित सूचीमा सबैभन्दा बढी खोजिएका व्यक्तिहरू मध्येको एक हुन जसमा लगभग १,२०० जना मानिसहरू मारिएका थिए र करिव २५० अन्यलाई बन्धक बनाएका थिए ।
इजरायली रक्षा मन्त्री योभ ग्यालान्टले बिहीबार सामाजिक सञ्जालमा सिनवारको सम्भावित हत्याको संकेत गर्दै एउटा गुप्त सन्देश प्रकाशन गरेका छन्।
प्रतिक्रिया