अमेरिकाको लोकप्रिय ईन्धन चौकी (ग्यास स्टेसन) सेभेन-इलेभेनले २०२४ को अन्त्य सम्ममा ४५० पसल बन्द गर्ने भएको छ । ७ –इलेभेनले २०२४ को अन्त्य हुनु अघि सयौं अमेरिकी राज्यहरुमा संचालित पसलहरू बन्द गर्ने जनाएको छ ।
लगभग ४५० वटा बन्द गरिने संस्थाले बताएको छ । उपभोक्ता मूल्य सूचकांक एक वर्ष अघिको तुलनामा सेप्टेम्बरमा ३.६ % बढ्ने अपेक्षा गरिएको छ। बिज्ञप्ति अनुसार अगस्त तुलनामा थोरै सुधार भएको छ ।
७-इलेभेन (7-Eleven )ले वर्षको अन्त्य अघि लागत घटाउने र आम्दानी बढाउने प्रयासमा अमेरिका र क्यानडाभरका आफ्ना ४०० भन्दा बढी “कम कारोवार गर्ने पसलहरू” बन्द गर्ने एबिसीन्यूजले जनाएको छ ।
सेभेन एन्ड आई होल्डिङ्स, जापान टोकियोमा रहेको सुबिधा पसल शृंखला (कन्भिनियन्स स्टोर चेन)को मूल कम्पनीले गत हप्ता मुद्रास्फीति, सुस्त ग्राहक आवतजावत र घट्दो चुरोट बिक्रीका कारण ४४४ पसलहरू बन्द हुने बताएको थियो ।
बृहत् आर्थिक अवस्था र विकसित उद्योग प्रवृत्ति” को परिणाम स्वरूप प्रतिष्ठानले आफ्नो आय निर्देशन परिमार्जन गरेको छ । “यी सबैले हाम्रो बिक्री र व्यापारिक कुल नाफालाई असर गरेको छ,” प्रमुख कार्यकारी अधिकारी तथा अध्यक्ष जो डेपिन्टोले भने । कम्पनीले अगस्तमा पसलको कारोवारमा ७.३ % गिरावट आएको प्रतिवेदन सार्वजनिक गरेकी थियो ।
प्रतिक्रिया