रसायनशास्त्रको नोबेल पुरस्कार प्रोटिनमा काम गर्ने ३ जना वैज्ञानिकहरूलाई प्रदान गरिएको छ ।
रोयल स्वीडिश एकेडेमी अफ साइन्सेज( शाही स्विडेनी बिज्ञान प्रतिष्ठान)ले प्रोटिनमा काम गरेबापत बैज्ञानिकहरु क्रमस डेभिड बेकर, डेमिस हसबिस र जोन जम्परलाई रसायनशास्त्रमा नोबेल पुरस्कार प्रदान गरेको छ।
प्रोटिनको संरचनाको भविष्यवाणी गर्ने र परिकल्पना (डिजाइन )गर्ने सफलताका लागि तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार बुधबार प्रदान गरिएको शाही स्विडेनी बिज्ञान प्रतिष्ठानले जनाएको छ।
यो पुरस्कार अमेरिकाको सियाटलको वाशिंगटन विश्वविद्यालयमा काम गर्ने डेभिड बेकर र लन्डनमा रहेको बेलायती-अमेरिकी कृत्रिम बुद्धिमत्ता अनुसन्धान प्रयोगशाला गुगल डिपमाइन्डमा काम गर्ने डेमिस हसबिस र जोन जम्परलाई प्रदान गरिएको छ ।
रसायनशास्त्रका लागि नोबेल समितिका अध्यक्ष हेनर लिंकेले पुरस्कारले एमिनो एसिडको अनुक्रम र प्रोटिनको संरचनाबीचको सम्बन्ध रहेको अनुसन्धानलाई सम्मान गरेको बताए ।
“यसलाई वास्तवमा रसायनशास्त्रमा र विशेष गरी जीव रसायन (बायोकेमिस्ट्री)मा दशकौंसम्म ठूलो चुनौती भनिन्छ। “उनले भने।
नोबेल समितिका अनुसार बेकरले २००३ मा नयाँ प्रोटिनको रुपरेखा गरे र उनको अनुसन्धान समूहले त्यसपछि एक पछि अर्को काल्पनिक प्रोटिन सिर्जना गरेको छ, जसमा प्रोटिनहरू समावेश छन् जुन औषधि, खोप, न्यानोसामग्री र सानो सेन्सर(संवेदक)को रूपमा प्रयोग गर्न सकिन्छ।
“उनीहरूले उत्पादन गरेका र प्रकाशित गरेका रुपरेखाहरूको संख्या, र विविधता, एकदमै मन छुनेछ। यो प्रविधिबाट अब तपाईहरुले लगभग कुनै पनि प्रकारको प्रोटिन बनाउन सक्नुहुन्छ,” नोबेल समितिका प्राध्यापक जोहान अकविस्टले भने।
हसबिस र जम्परले कृत्रिम बुद्धिमत्ता(एआई)को नमुना सिर्जना गरे जसले अनुसन्धानकर्ताहरूले पहिचान गरेका लगभग २० करोड प्रोटीनहरूको संरचनाको भविष्यवाणी गर्न सक्षम भएको छ ।
“प्रोटिनहरू अणुहरू हुन् जसले जीवनलाई सक्षम पार्छ। प्रोटिनहरू हड्डीहरू, छाला, कपाल र तन्तुहरू बनाउने खण्ड (ब्लक)हरू हुन्, “लिङ्केले भने। “जीवनले कसरी काम गर्छ भनेर बुझ्न, हामीले पहिले प्रोटीनको आकार बुझ्न आवश्यक छ।”
“चार वर्ष पहिले सन् २०२० मा, डेमिस हसबिस र जोन जम्परले सङ्केत छिद्र (कोड क्र्याक) गर्न सफल भए। कृत्रिम बुद्धिमत्ता(एआई)को कुशल प्रयोगको कारण तिनीहरूले प्रकृतिमा आवश्यक रूपमा कुनै पनि ज्ञात प्रोटीनको जटिल संरचनाको भविष्यवाणी गर्न सम्भव बनायो, “लिङ्केले भने। बेकरले हसबिस र जम्परको आर्टिफिसियल इन्टेलिजेन्स(कृतिम बुद्धिमत्ता) कार्यले उनको टोलीलाई ठूलो प्रोत्साहन दिएको बताए ।”प्रोटिन संरचना भविष्यवाणीमा डेमिस र जोनले गरेका सफलताहरूले हामीलाई कृतिम बुद्धिमत्ता (एआई)सँग हुन सक्ने शक्तिलाई वास्तवमै बिशेष ध्यान गर्यो ।
हसबिस बेलायतका प्रमुख प्राविधिक व्यक्तित्वहरू मध्ये एक हुन्। बेकरले ११ मिलियन स्वीडिश क्रोनर (१ मिलियन- १० लाख डलर ) को पुरस्कार राशिको आधा पाउँछन् भने हसबिस र जम्परले बाँकी आधा बाढ्ने छन् ।
प्रतिक्रिया