हेजबुल्लाहले मङ्गलबार लेबनानबाट इजरायलमा करिब १८० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायल रक्षा बल (आईडीएफ) ले एक विज्ञप्तिमा बताएको छ ।
“आईडीएफले इजरायल राज्य र त्यहाँका बासिन्दाहरूको रक्षामा हेजबुल्लाह आतंकवादी संगठनको खतरा विरुद्ध कार्य जारी राख्नेछ,” बिज्ञप्तिमा भनिएको छ ।
त्यस्तै गरि सिरियाको डमास्कसस्थित एक आवासीय भवनमा इजरायली आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएको सिरियाली सरकारी प्रसारक सानाले जनाएको छ ।
राति ८:१५ बजे सिरियाको राजधानीको बाक्लो जनसंख्या भएको माज्जेह इलाकामा रहेको एउटा भवनमा तीनवटा इजरायली क्षेप्यास्त्र प्रहार गरिएको थियो।
मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेको सानाले जनाएको छ । उद्धारकर्ताहरूले अझै पनि भग्नावशेषबाट मानिसहरूलाई निकाल्ने प्रयास गरिरहेको सिएनएनले जनाएको छ ।
भवन नराम्ररो सँग क्षतिग्रस्त भएको छ। घटनास्थलबाट तस्बिरहरू र श्रब्यदृश्य (भिडियो)हरू देखाइएको छ। लक्षित भवन वरपरका निजी सम्पत्तिमा पनि ठूलो क्षति पुगेको सानाले जनाएको छ ।
प्रतिक्रिया