स्थानीय प्रतिनिधी : क्यालिफोर्निया अमेरिका ! यहि अक्टोबर ५ का दिन नेपाल आदिबासी जनजाती महासंघ क्यालिफोर्नियाको आयोजनामा भएको
आदिबासीहरुको हक अधिकार संम्बन्धी बिचार गोष्टीको कार्यक्रम विधिवत रुपमा सकिएपछि सोही भेलाले ओमराज सम्बाहाम्फेको प्रस्ताबमा पूर्व प्रधान अध्यापक तथा बरिष्ठ समाजसेबी श्री डिकेन्द्र मास्के लाई मोर्चाको क्यालिफोर्निया संयोजकमा निर्बाचित गरेको जानकारी गराइएको छ !
प्रमुख बक्ता प्राध्यापक तथा पहिचानबादी मोर्चाका संघिय संयोजक डा महेन्द्र लावतीले नेपालमा हुदै गरेको पहिचानबादी आन्दोलनको बिकाश बारे आफ्नो धारणा राख्दै अहिले सम्मको राज्य ब्यावस्था एकल पहिचानको पक्ष पोषण गर्ने खालको मात्रै भएको हुनाले अब सबै नेपाली समुदायहरुको पहिचानको सुनिश्चितता तथा अधिकारहरुको रक्षा नगरी देश अगाडी बढ्नै नसक्ने भएकोको हुनाले देशलाई बिकाश र निकाश दिनको लागी पहिचान बादी मोर्चाले छलफलको लागि सबै अट्ने नयाँ अवधारणा ल्याएको जानकारी गराउनु भयो ! उक्त बिसेष कार्यक्रममा विश्वमा हालसम्म अबलम्बन गरिएका आदिबासी हक अधिकारहरु र नेपालले चाल्नु पर्ने कदमहरुको बारेमा प्राध्यापक माया मग्रान्ती, पहिचानबादी अभियन्ता देव राई, समाजसेबी कुमार दोङ र अधिबक्ता रोशन सुब्बा लिबांङले छोटो मन्तब्य राखेका थिए !
सान फ्रान्सिस्को नजिकैको एक नेपाली रेस्टुरेन्टमा भएको उक्त कार्यक्रमकोको सभापतित्व महासंघको सभापति प्रकाश लामा, संचालन टंक फोम्बो र उठेका प्रश्नहरुको सहजीकरण सुरेन्द्र फोम्बो र डिकेन्द्र मास्केले गर्नु भएको थियो !
प्रतिक्रिया