अन्तरास्ट्रिय नुवाकोट समाज द्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आउँदै गरेको बडा दसैं तथा दिपावलि को अवसरमा आयोजना गरेको जुम शुभकामना कार्यक्रम भब्य रुपमा सम्पन्न भएको सस्थाले जनाएको छ । सस्थाका अध्यक्ष ईन्द्र सिटौला का अनुसार कार्यक्रम मा नुवाकोट बाट बिभिन्न ठाउमा पुगेका नुवाकोटे हरुको उपस्थिती रहेको थियो । उनले नेपाली हरुको महान चाड दसैं ‘ दिपावलि नेपाल सम्वत र छठ को पावन अवसरमा एक आपसी सुमधुर सम्वन्ध र सदभाव का लागि यो कार्यक्रम आयोजना गरिएको जनाएका छन ।
कार्यक्रम मा शुभकामना आदान प्रदान का साथै नुवाकोट र नेपालको वर्तमान अवस्था र प्रबासी नुवाकोटे हरुले खेल्नुपर्ने भूमिका का बिषय मा समेत छलफल भएको थियो । कार्यक्रममा सस्थाका अध्यक्षले सस्था स्थापनाको लक्ष्य र आगामी योजना का साथै अहिले सम्म भएका प्रगतीहरुको बारेमा संक्षिप्त जानकारी गराएका थिए । कार्यक्रमको प्रमुख अतिथी प्रोफेसर डा राम शरण पाठक हुनुभएको थियो । वहाँले नुवाकोटेहरुको अन्तरास्ट्रिय स्तरको यो सस्था स्थापना भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा सस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा ग्लोबल महिला सन्जाल लसएन्जल्सकि अध्यक्ष सपना सेढाई ‘ सल्लाहकार बिष्णु मान प्रधान लगायत सल्लाहकार समिती र कार्यसमिती का सदस्यहरुले शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रमको अध्यक्षता ईन्द्र सिटौला , कार्यक्रम सन्चालन महासचिब सन्जिब उप्रेती , स्वागत मन्तब्य सचीब सुस्मिता पाठक ले दिनु भएको थियो ।
प्रतिक्रिया