इजरायलले इरान समर्थित हेजबुल्लाहको गुप्तचर इकाईमा आक्रमण गरेको दुई हप्तामा मृत्यु हुनेको संख्या २,००० भन्दा बढी भएको लेवनानले बताएको छ ।
नयाँ इजराय सेनाले गरेको भॅयकर हवाई आक्रमणमा लेबनानको राजधानीको दक्षिणी उपनगरहरूमा रातभरि भवनहरू ध्वस्त पारेका छन्।
इजरायलको सेनाका अनुसार य इरान समर्थित समूह हेजबुल्लाहको अर्को मुख्यालयलाई लक्षित गरेको छ ।
इरानले आफ्ना विदेश मन्त्री बेरुतमा आइपुगेको घन्टा अघि यो आक्रमण भएको हो ।
रोयटर्सका अनुसार लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै शुक्रबार बिहान विगत २४ घण्टामा इजरायली हमलामा कम्तिमा ३७ जनाको मृत्यु भएको छ र १ सय ५१ जना घाइते भएका छन्।
इजरायली सेनाले दक्षिणी लेबनानमा चार दिनमा २० सेनापति सहित २५० हेजबुल्लाहका आतंककारीहरूलाई मारेको बताएको छ ।
प्रतिक्रिया