हेजबुल्लाहले इजरायलमाथि आक्रमणको योजना बनाएको आइडीएफको दाबी , लेबनानमा भूमि आक्रमण सुरु

इनेप्लिज २०८१ असोज १५ गते ११:१८ मा प्रकाशित

हेजबुल्लाहले इजरायलमाथि आक्रमणको योजना बनाएको इजरायली रक्षा बल( आइडीएफ)ले दाबी गरेको छ ।

इजरायली रक्षा बलका प्रवक्ता रियर एडम ड्यानियल हगारीले इजरायली सेनाहरू मङ्गलबार बिहानसम्म दक्षिणी लेबनानमा “सीमित र लक्षित आक्रमण” मा संलग्न भएको बताए । हेजबुल्लाहले इजरायली घरहरूमा “अक्टोबर ७-शैली आक्रमण” गर्ने योजना बनाएको आरोप लगाए।

“हेजबुल्लाहले इजरायली गाउँहरूको छेउमा लेबनानी गाउँहरूलाई सैन्य अड्डाहरूमा परिणत गर्‍यो,” हगारीले भने। “हेजबुल्लाहले इजरायलमा आक्रमण गर्ने, इजरायली समुदायमा आक्रमण गर्ने र निर्दोष पुरुष, महिला र बालबालिकाको हत्या गर्ने योजना बनाएको थियो।”

“म यो स्पष्ट गर्न चाहन्छु: हाम्रो युद्ध हेजबुल्लाहसँग छ, लेबनानका जनतासँग होइन,” हगारीले पुन : स्पष्ट पारे । “हामी लेबनानी नागरिकहरूलाई हानि पुर्‍याउन चाहँदैनौं, र हामी यसलाई रोक्नको लागि उपायहरू गरिरहेका छौं।”

गत हप्ता लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबारकोआक्रमणमा ९५ जनाको मृत्यु भएको र १७२ जनाको मृत्यु भएको जनाएको छ । इजरायली बमबारी राजधानी बेरुत सहित मंगलबार बिहानसम्म रात भरि जारी रहेको छ ।

भूमिमा आक्रमण सुरु भए पछि लेबनानमा रहेका बेलायती नागरिकहरूको आरक्षित हवाई जहाज पठाउने भन्दै बेलायतीहरूलाई ‘अहिले छोड्न’ आग्रह गरेको छ ।

बेलायती सरकारले देश छोड्न चाहने नागरिकहरूका लागि लेबनान बाहिर व्यावसायिक उडान चार्टर (आरक्षित हवाई जहाज) पठाउनेसोमबार घोषणा गरेको छ। यो उडान बुधबार बेरुत-राफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने कार्यक्रम रहेको छ । बेलायती विदेश सचिव डेभिड लाम्मीले “लेबनानमा बेलायती नागरिकहरूको सुरक्षा हाम्रो उच्च प्राथमिकतामा रहेको उनले बताए ।

एक वरिष्ठ अमेरिकी अधिकारीले एबीसी न्यूजलाई दिएको जानकारी अनुसार आक्रमण महत्त्वपूर्ण हुने अपेक्षा गरिएको बताए । भूमि आक्रमणको बीचमा लेबनानबाट इजरायलमा १० वटा क्षेप्यास्त्रहरू प्रहार गरियोएको आइडिएफले बताएको छ । “केही क्षेप्यास्त्रहरू रोकिएका थिए र धेरै क्षेप्यास्त्रहरू खुला क्षेत्रमा खसेको इजरायली रक्षा बलले जनाएको छ ।

प्रतिक्रिया