इजरायली हवाई हमलामा अर्का उच्च पदस्थ हेजबुल्लाह सेनापति मारिए

इनेप्लिज २०८१ असोज १३ गते १६:३१ मा प्रकाशित

इजरायली हवाई हमलामा अर्का उच्च पदस्थ हेजबुल्लाह सेनापति मारिएका छन् ।

इजरायली सेनाले आइतवार लेबनानमा हवाई आक्रमणमा अर्का उच्च-स्तरीय हेजबुल्लाह अधिकारीलाई मारेको बताएको छ ।

इजरायल रक्षाबल शनिबार हवाई भएको आक्रमणमा हेजबुल्लाहको सेन्ट्रल काउन्टी(केन्द्रिय काउन्टी)का उपप्रमुख नबिल काउकलाई मारेको बताएको छ। हेजबुल्लाहले उनको मृत्युको पुष्टि गरेको छ ।

इजरायली हमलामा मारिएका उनि सातौं वरिष्ठ नेता भएको इजरायलले जनाएको छ । एक हप्ता भन्दा कम समयमा दशकौंसम्म मृत्यु वा नजरबन्दबाट जोगिएका उनि अन्तत्वगत्वा मारिएका छन् ।

सिएबिससमाचारका अनुसार काउक १९८० को दशकका हेजबुल्लाहका एक अनुभवी सदस्य थिए । इजरायलसँगको २००६को युद्धमा दक्षिणी लेबनानमा हेजबुल्लाहको सैन्य सेनापतिको रूपमा सेवा गरेका थिए।

उनि प्रायः स्थानीय संचार माध्यममा देखिन्थे । उनले राजनीति र सुरक्षा घटनाक्रमहरूमा टिप्पणी गर्थे । उनले वरिष्ठ विद्रोहीहरूको अन्त्येष्टिमा प्रशंसा गरेका थिए । अमेरिकाले सन् २०२० मा उनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

काउकको मृत्युको घोषणा इजरायली सेनाले बेरुतमा शुक्रबार दिउँसो भएको हवाई हमलामा नसरल्लाहलाई मारेको एक दिनपछि आएको हो।

प्रतिक्रिया